कुनै मायावी इरेजर भैदिए सबैभन्दा पहिला हामी के मेट्ने थियौं ?

कविता: इरेजर

पेशल आचार्य

कापीमा
पेन्सिलले लेखेका जति छन्
ती अक्षर या चित्रहरू
मेटे जसरी
सांसारिक बेथितिहरू मेट्ने
कुनै मायावी इरेजर भैदिए
सबैभन्दा पहिला
हामी के मेट्ने थियौं होला ?

धार्मिक अन्धविश्वास
गरिबी
सामन्तीपन
शोषण
आफ्नै शिष्यालाई बलात्कार गर्ने शिक्षकका नामहरू
जब्बर शासक
हनुमानजस्ता कार्यकर्ताहरू
कर्कष बोली हुने मान्छेहरू
डेड अक्कली प्रशासक
या पूर्व भएर पनि
शासनमा टाङ् अड्याई रहने
पूर्व प्रधानमन्त्रीहरू
राष्ट्रपतिहरू
पूर्व राजदूत
या पूर्व सचिवहरू ?

कि अरूहरू
जो शान्तपूर्ण समाजका लागि बाधक रहेका हुन्छन्
अनन्त कालदेखि
एउटा होइन
दुइटा होइन
सत्रथरी अनुहार देखाएर
बाँच्ने कुमान्छेहरू !!!


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button