
मन लागे प्रियसी, नलागे अपराधी !
सुशीला नेपाल
तारा गन्दै थिएँ
तस्वीर आखाँमा तिम्रो आयो ।
भावनामा बग्दै थिएँ
आखाबाट आँशु आयो ।
तिमीले छोडेका यादहरुमा रमाउदै थिएँ
झसङ्ग भई मध्यरात कराउदै थिएँ ।
आखिर तिम्रो याद किन आउँछ सधै
जब आफनो हुन सक्दैनौ भने सधै ।
आकाश तिमी हौ
तिमी बिना बिहानी रोकिन सक्छ ।
पालुवाहरु ओइलाइजानसक्छ
पानी पार्छौ तिमीले आँखा मेरो रसाउनसक्छ ।
बिहानी तिमीबाटै सुरु हुनसक्छ
हावाहुरी मनमा चल्दा प्रकृतिको रुप धारण गरी मेरो जीवन फक्रनसक्छ ।
कहिले काहि सम्वन्धमा फाटो आउनसक्छ
समयले टाढा बनाउन सक्छ ।
कतै कहिँ तपाईंबाट पनि गल्ती हुनसक्छ
मन लागे प्रियसी मन नलागे अपराधी भनी गालीगलौज हुनसक्छ ।
मनमा माया, बाहिर अरुकै छाया पनि पर्न सक्छ
एकअर्काको सम्मान र आदर अनि हौसला बन्नुपर्छ ।




