के सडक बालबालिकाको बालअधिकार छैन ?

रिता खनाल

जिन्दगीमा सबैलाई सुख कहाँ छ र
यहाँ टुहुरो त्यसलाई भन्छौ
हामी जसको बुबाआमामध्ये एक हुँदैन्
तर कमसेकम आमा र बुबामध्ये एक त हुन्छन्
कसै एकको माया त पाउँछन्
टुहुरा त ती हुन् जसका बाबुआमा दुवै हुँदैनन् ।

आजको विषय रहेको छ टुहुरा सडक बालबालिका
जसका कोही आफ्ना हुँदैनन् सबै अन्जान हुन्छन्
जिन्दगी न हो कसैको सुखै सुख हुन्छ
कसैलाई एक दिन एक रात कटाउन पनि
निकै मुस्किल पर्छ
दुःख के हो ?
सायद सडक बालबालिकाले भन्दा अरुले भोगेको हुँदैन होला
लाउँलाउँ खाउँखाउँ उमेरमा बुबाआमा गुमाउनुको पीडा
झोला बोकी विद्यालय जानुको सट्टा
जिन्दगी बिताउने उपाय खोजी
बाध्यताले डोराएको झोला बोक्नुको पीडा
मानिसले दिने यातना र गर्ने दुर्र्व्यवहारको पीडा
आफ्नो पेट पाल्न
दिनहुँ समाधान खोज्नपर्ने समस्याको पीडा
आफैसँगका साथीको जीवन सुख
र, आफ्नो भविष्य निर्धारित नभएको पीडा
कति पीडा छ है ?
अझ कुरा गरुँ, हालको समय कोरोनाको
विमार हुँदा उपचार पाउँदैनन्
लकडाउनअघि जिनतिन दिन् रात कटाउने बालबालिकाहरु
अहिलेको समयमा दिन कटाउन जाँदै मुस्किल भएको छ
कतिसँग अहिलेकै घडीमा लगाउने मास्क छैन्
उपचारका लागि पैसा छैन
चिसो मौसमको लागि लगाउने न्यानो लुगा छैन
कति गाह्रो छ है ?
सानै उमेरमा धेरै पीडा बोक्नु परेको छ ।

के सडक बालबालिकाको बालअधिकार छैन ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button