
तिमी समीप छौ र पो
गीत
ललिता दोषी
बुद्धनगर, काठमाडौँ
तिमी समीप छौ र पो
जीवन उज्यालो छ
शिशिरको याममा पनि
वसन्त कै आभास छ
तिमी समिप …
डो-याउछौ हरघडी
म लर्खराउँदा तिमी
जुटाउछौ हरघडी
म टुक्रा–टुक्रा हुँदा तिमी
तिमी समिप …
तिमी महान छौ र पो
जीवनको अस्तित्व
पङ्ख भरिदिन्छौ पो
गन्तव्य भेट्ने उडान छ
तिमी समिप …
के उपमा दिऊँ प्रिय !
भनूँ फूल जून आकाश हौँ
मेरो हर धड्कनमा धड्किने
त्यो धुकधुकीको चाल हौँ ।
तिमी समिप …
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)