
कलेज पढ्दैकाे लभ ! केही वर्ष दाम्पत्य जीवन जमेकै थियाे
शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा ।
सदरमुकाममा काम बढेर भिडभाड छ ।
अदालतकाे भीडबाट बाहिरिंदै आँगनबाट फाेन गरिन्, ‘राति मात्र अँगालामा बेरेर जे भयाे-भयाे, अब धुमधाम प्रणय दिवस मनाउने भनेकाे, यही हाे पत्नी प्रेम ? भ्यालेण्टाइन डे काे उपहार !’
हाेचाे कद ! रङ्गिन कपाल ! स्वीटर, पेण्ट अनि सानाे पाेतेमा सजिएकी उनी घरी-घरी सिउँदाे छाम्दै भन्थिन्, ‘लैजाउ तिम्राे पाेते र सिन्दूर पनि ! हिजाेसम्म खेलायाै ! मुसा खेलाए झैँ ! कति निर्लज्ज पापी, अदालतले त सम्बन्ध बिच्छेद भाे भन्दियाे मलाई, कहाँ जाउँ ? तिम्रा घरमा भएका लुगाफाटाे झिक्न पनि माैका दिएनाै, पापी रहेछाै, पापी !’
उताकाे आवाज सुनिएकाे थिएन । सायद काम सकिएर उनी चुप थिए ।
आँगनमा उनको रूवाई थामिएकाे थिएन । भन्दैथिन्, ‘कलेज पढ्दैकाे लभ ! पछि समाजलाई देखाउन मागी विवाह गरियाे । केही वर्ष दाम्पत्य जीवन जमेकै थियाे ! अघाउँजी प्रेम गर्थ्याे ! कस्का आँखा लाग्याे लाग्याे !’
‘जाँचका लागि माइतिमा छँदा सम्बन्ध विच्छेदका लागि मुध्दा हालेकाे सुनें । हाम्फालेर भेट्न पुगें । मायामा कमी थिएन ! यति माया गर्नेले पनि मुध्दा हाल्छ ? लाग्याे । पछि मेरा नाममा प्रतिउत्तर खाम्न म्याद पत्र आयाे। छाँगाबाट खसें !’
‘बगरे सामु बिन्ति गर्दै- याे के गरेकाे? उ नाजवाफ भयाे । चिथाेरें !’
मेराे पालाे प्रतिउत्तर हाल्न तम्सिएँ । ‘प्रतिउत्तर पर्दैन भनेर धुजाधुजा पारी दियाे । यसपालीकाे जाडामा औधी माया देखायाे । नयाँ लुगा किनिदियाे! हिजाे औठी किनिदियाे, राति माया गरेर सुतायाे !’
मनले मानेन, आज अदालत आएँ । अदालतले भन्याे, ‘एकलाैटी सम्बन्ध विच्छेदकाे फैसला लिएर गएकाे केही दिन भाे, तपाईं पनि लाने ?’

…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)