
जिन्दगी रोएर बिताउनु परो भने धेरै लामो लाग्छ
सिताराम घिमिरे
बाग्मति गा.पा. ५, इकुडोल, रमिते भ्यु टावर, ललितपुर
हेर सानु
आफ्नो बाटो तिमी आफै रोज
किनभने
तिमीलाई तिमीले भन्दा
राम्रोसँग कसैले जानेको हुँदैन ।
बाटो अफ्ठ्यारो
अनि मुस्किलले पाइला टेक्न सकौला
किनभने
कतै अँधेरो
अनि कतै चिप्लो हिलो
अनि कतै
टन्टला घामले थकाउने होला ।
त्यसैले
यदि जिन्दगी रोएर बिताउनु परो भने
धेरै लामो लाग्छ
साँच्चै नै यदि हासेर बिताउनु परे
निकै छोटो लाग्ने गर्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
