
पन्ध्रवर्षे जोवन
सुस्मा संग्राैला
पन्ध्रवर्षे जोवनमा फुलको थुङगा थिएँ
मलाई देख्ने सबैलाई दङ्ग पारी दिएँ ।
कहिले हिंडेँ मेलाबजार कहिले गाउँघर
सबैजना तारिफ गर्थे सबै वर पर ।।
चन्द्रमाको कलासरी बढ्दै गयो जोवन
पढ्न जाउँ कि बिहे गरौं हुन गयो दोमन ।
दुइचार अक्षर पढेँ लिइ कलमकापी हातमा
लाग्न थाल्यो कस्तो लिउँ जिवनसाथी साथमा ।।
आँखा लाउने धेरै थिए मलाई देख्ने जति
मलाई पाउन इच्छा गर्ने कति हुन कति ।
सन्तोषको सास हेर्न पाइँन एकै छिन
आज भन्दै भोलि भन्दै बित्दै गए छ दिन ।।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
