तिम्रै तस्बिर राखेको छु दिलमा टाँसेर
मनसुन
तिम्रो बोली सुन्दा छाती जल्न भुल्नेछ
पास आऊ मेरो तनमन गल्न भुल्नेछ
नरूनु है कहिल्यै पनि मलाई सम्झेर
तिमी रुँदा मेरो धड्कन चल्न भुल्नेछ
तिम्रै तस्बिर राखेको छु दिलमा टाँसेर
बिहोश हुँदा मेरो शरीर ढल्न भुल्नेछ
सम्झिदिए हुन्छ प्रिय आफ्नो ठानेर
भुली गए बाधा अड्चन् टल्न भुल्नेछ
तिमी छौ र बाँचेको छु भन्छ ‘मनु’ले
टाढा हुँदा मनको दियो बल्न भुल्नेछ !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)