
नसोचेको माया बसेछ तिमीमा मायालु
पुष्पा रिजाल
पहिलो भेट मेरो र तिम्रो
लजाएर बित्यो
त्यहि भेटमा तिमीसँग माया बस्न थाल्यो
खै कस्तो मोहनी लाग्यो
मलाई तिम्रो अनुहार कहाँ देखु लाग्यो ।
मेरो प्यारो मान्छे तिमी
तिम्रो हातको सिन्दुर लाउने इच्छा जाग्यो
तिमीसँग न बोल्दा न भेट्दा
दिनरात पनि वर्षौं जस्तो लामो लाग्न थाल्यो ।
तिम्रो र मेरो घरको दूरी बीचैमा खोला
तिमी छौ पारी म छु वारी, भेट होला कसरी ?
अब त अति भयो निष्ठुरी
तिम्रो याद र मायाले भिज्ने भयो सिरानी ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
