हजारौँको भीडमा पनि तिमीलाई खोज्छ यो मन

गीत: हजारौँको भीडमा पनि

ओमकुमारी बन्जारा रानाभाट
सामाखुसी, काठमाडौँ

हजारौँको भीडमा पनि तिमीलाई खोज्छ यो मन
फूलबारीमा सयौँ फूल छन् गुलाफ नै रोज्छ यो मन ।।

टोलाउँछ कहिले यो मन विगतका कुरा सम्झी
सम्झनामा दिएका ती रङगीचङ्गी चुरा सम्झी
कहिले भेट हुन्छ भनि कहिलेकाहीँ सोध्छ यो मन
फूलबारीमा सयौँ फूल छन् गुलाफ नै रोज्छ यो मन ।।

हजारौँको भीडमा पनि …

सम्झाउँछु यो मनलाई फेरि पनि सम्झिँदैन
उसको जस्तो झुटो माया कसम मेरो हुँदैहैन
उसकै लागि तीर्थ व्रत सयौँ मंदिर ढोक्छ यो मन
फूलबारीमा सयौँ फूल छन् गुलाफ नै रोज्छ यो मन ।।

हजारौँको भीडमा पनि तिमीलाई खोज्छ यो मन
फूलबारीमा सयौँ फूल छन् गुलाफ नै रोज्छ यो मन ।।

Advertise
Hike & Write


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button