प्रेम कसैलाई श्राप नबनोस्

शुभकामना

अम्बिका खरेल उप्रेती
विराटनगर

वसन्तको हरियालीमा
कोइलीको कुहुकुहु
भित्रको वेदना
खै कसैले बुझ्ने ?
शान्तले रमाउँछ कोही
छाडेर सबै डर चिन्ता
खन्छन् पतनको बाटो
अधर्मी पापीहरू
खाने सबैले कर्मको फल
बुझ्दैन किन मान्छे
कोही सत्कर्मले पखाल्दै छन्
अधर्मको वृद्धि
कोही कुकर्मलाई
अगाल्दै आफूलाई
उच्च ठान्छ सधैँ
आफ्नै स्वार्थमा
कल्पेका सपनाले
मधुरो हुँदैछन्
बचेका अस्तित्वहरू
समयको गतिसँगै
निरन्तर चल्ने ऋतु जस्तै
वेदनाका आँसु हुँदा पनि
ममताका आँचलले
छोप्न सकून् हरपल
हरेक बन्धनमा
दु:खमा पनि आहा होस्
सुखमा पनि आहा होस्
प्रेम कसैलाई श्राप नबनोस्
प्रेम दिवसको शुभकामना !!


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button