आफ्नै शब्द, आफ्नै स्वर (म्युजिक भिडियोसहित)
विमला भुषाल
बुवा आमालाई नसम्झेको त कुनै पल हुँदैन । हामी हरेक शब्दमा भन्ने गर्छै ‘ए बा, ए आमा ।’ खुसी होस् वा दुख, आमा र बुवाको नाम पहिले नै आउने गर्छ ।
बेलाबेला आमा बुबाले भनेको शब्द मनमा आइरहने, तैँले नभने पनि तेरा सबै कुरा थाहा हुन्छ । कसले सुनाइदिन्छ ? कसरी थाहा हुन्छ होला ? मनमा लागिरहन्थ्यो । तिनै शब्दहरूबाट कसले सुनाइ दियो, शब्दको जन्म भयो ।
‘आफ्नो कुरा अरुलाई कसरी थाहा हुन्छ होला भन्दाभन्दै
कसले सुनाइ दियो उसलाई मेरो आनीबानी
कसले सुनाइदियो उसलाई जीवनकहानी’
जब गीत बन्यो, कयौंपटक आफ्नो शब्दले आफैलाई रुवाएको पनि थियो ।
आमाबुबा सॅंगसॅंगै दिदीबैनी, साथीभाइ, आफुलाई माया गर्ने र आफुलाई चिन्ने जो कोहीलाई पनि कल्पना गर्न सकिने कुरा गीतका शब्दमा आए ।
सबैले राम्रो प्रतिक्रिया दिनु भयो अनि शब्द थप्दै जाँदा साँच्चिकै गीत तयार भयो ।
पहिलो गीत आफ्नै शब्दमा गाउन मन लाग्यो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)