
भागी विहेपछि फर्काइएकी केटीको कथा
कविता
सुशीला नेपाल
२० बर्षमा मायामा पर्छिन्
भागेर कसैलाई नसोधी जान्छिन्
माइतबाट परिवारले फर्काउँछन्
पेटमा बच्चा एक्लै हुर्काउँछिन् ।
त्यसपछि
जब बच्चा ठूली भइन्, विवाह गरी जान्छिन्
अनि ती महिला दिनरात बाबाआमाको सेवा गर्छिन् ।
अहिले उनी ४५ बर्षको उमेरमा पुगिन्
दिनरात बुवाआमा विरामी
हस्पिटल लाने र ल्याउने गर्छिन् ।
उनका दाजुभाइ आफनै दुनिँयामा मस्त छन्
न बाबाआमाको पिर न हेरचाह
आफनै परिवार लिइबसेका छन्
ती महिला बुवाआमा पाल्नमा व्यस्त छिन् ।

साँच्ची नै माइतीले फर्काउनुअगाडि
उसको भविष्य किन हेरिएन ?
यदि अरुलाई साथ चाहिन्छ भने उनलाई किन चाहिँदैन ?
कोहिसँग बोले पल्केर पोइला जान्छे फेरि अरे
उनको व्यथा अब कस्ले सुन्छ र ?
उनलाई हेरचाह गर्न फेरि माया कस्ले बुन्छ रे ?
मन शान्त पारी सान्त्वना कस्ले दिन्छ र ?
आफ्नो इज्जत जोगाउन नारीलाई दवाउने दिन गयो अरे
लेखिएका ३३ प्रतिशत हक कहाँ गएर मिल्छ अरे ?
आज अदालतको ढोका ढक्ढक्याउँदा घुसपैठ हुन्छ अरे
आमाबाबाको केहि हक लिन मुद्दा नै लड्न पर्छ अरे
के उसको जीवन नष्ट गरी सबैलाई खुसी मिल्छ अरे ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)