क्लि परिमो: गण्डकीबाट ‘ब्राह्मण सांसदको ‘गुरुङ’ कविता

धनञ्जय दवाडी

ओ ङोलो
यो फरवरीमा पनि
नाँसरी क्लि परिमो
चिसो सिरेटो पनि चल्दैछ ।

भेडी गोठले घरवारी मलेर
बेंसी झरेकोपनि महिना पुग्यो ।
अब उभौंली थाल्ला
तर, तिमी छैनौं
बाँझो फोर्ने कोही छैन ।

प्रिय मुटु
यो चिसोमा
क्योदे मैरिमु
न्यानो स्पर्श
भरोसा योग्य साथ
विश्वाश
हिम्मत
अनि साहस
प्रिय मन
उतिवेला
पुङ पोइर खम् बिलो
बाटो हेरिरहें
बा, आमा र मामालाई
सुनाइरहें ।

ङोए माया
एक्कासी
पत्र पठायौ हुलाकबाट
ङयोए जातै भ्रम्जी
लाहुरे हुने लोभले
छोड्यौ पढिरहेको कक्षाकोठा
जन्मिएको थात थलो
आमाको माया
ङोल्स्योको चुम्बन ।

ओ परदेशी
तिम्रो अरबको तातो हावा पठाइ देउ न
म पग्लन्छु
पानी पानी भएर तिम्रो सम्झनामा
यो चीसो फरवरीमा पनि ।

के साह्रो उखर्मौलो छ– तिम्रो यादको
र, पसिना झरीरहेछ– स्मृतिको
क्लि परिमो– नाँसरी ।

(गुरुङ भाषा– नाँसरी क्लि परिमो: हिउँ झरिरहेछ, क्योदे मैरिमु: तिमीलाई सम्झन्छु, पुङ पोइर खम् बिलो: पुङ् लिएर आउँछु भन्यौ, ङोए माया : हाम्रो माया, ङयोए जातै भ्रम्जी: हाम्रो जातको भ्रमले, क्लि परिमो– नाँसरी: हिउँ झरिरहेछ गाउँमा)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button