सबैको जय होस्

प्रीति आत्रेय ज्ञवाली
फलित ज्योतिषाचार्य

कहिलेकाहिँ व्यक्ति यति आत्मनिर्भर हुन्छ कि
अरूप्रति भर गर्न डग्मगाऊँछ
कहिलेकाहिँ व्यक्ति यति परनिर्भर हुन्छ कि
आफैँप्रति भर गर्न डग्मगाऊँछ
कहिलेकाहिँ व्यक्ति यति सन्देहास्पद हुन्छ कि
जे कुरा पनि शङ्कास्पद ठान्छ
कहिलेकाहिँ व्यक्ति यति निरीह हुन्छ कि
आफ्नो सक्षमतामा पनि
असक्षम भइदिन्छ
कहिलेकाहिँ व्यक्ति यति दयालु हुन्छ कि
आफू पीडित हुँदा पनि
सबैको ख्याल गर्छ
कहिलेकाहिँ व्यक्ति यति घमण्डी भैदिन्छ कि
अरूको माया र सम्मानलाई पनि
घटिया र तुच्छ ठान्छ
कहिलेकाहिँ व्यक्ति यति पतित हुन्छ कि
अरूलाई भुसुनासरि ठान्छ
कहिलेकाहिँ व्यक्ति यति उपकारी हुन्छ कि
आफ्नो नाफा नोक्सान
केही पनि सोच्दैन
कहिलेकाहिँ व्यक्ति व्यापारीतुल्य बनिदिन्छ कि
सम्बन्धमा पनि उतारचढाव हेर्छ
कहिलेकाहिँ व्यक्ति यति दयालु हुन्छ कि
कसैलाई परेको बेलामा
दिन रात भन्ने सोच्दैन
कहिलेकाहिँ व्यक्ति यति निर्दयी हुन्छ कि
आफ्नो स्वार्थ र अहंको मादकतामा
को अभिभावक को पूजनीय कसैको वास्ता हुन्न !

परिस्थितिवश
व्यक्तिहरू समयानुसार
भिन्न भिन्न किसिमका हुन्छन्
कोही स्वभावले
कोही सङ्गतले
कोही परिस्थितिले
कोही कोही मात्र
हर एक समयमा
एकनास आफूलाई ढाल्ने हुन्छन्
परिस्थिति बदलिएपनि
आफू बदलिँदैनन्

त्यस्ता साधकहरू
त्यस्ता मनस्वीहरू
त्यस्ता तपस्वीहरू
यस लोकमा कमै हुन्छन्
अझ यो कलियुगमा त
दुर्लभै हुन्छन्

हे प्रभु !
सबै मनुष्यले
सबै मनुष्यको बारेमा
राम्रै सोचोस्
राम्रै गरोस्
सबैजना सबैका
सहयोगी बनून्
कसैको कसैप्रति
वैरभाव नहोस्
सबैको प्रज्ञा निश्छल होस्
सबै सुखी होऊन्
राष्ट्र उन्नत होस्
सबैको जय होस् !

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button