च्वास्स घोच्ने गर्छ सियोले
विमला भुषाल
कविता
च्वास्स घोच्ने त सियोले गर्छ
वचनले घोच्ने नगर तिमी
काटेर दुई धारिलो धारले पार्छ
वचनले त्यसरी नरेट तिमी ।
टुक्रिएर दुई हुन सडेर गल्नु पर्छ
वचनको वाणले टुक्रा नपार तिमी
सक्किएर अन्तयमा पो खरानी हुन्छ
सुरूवात त्यसरी नगर तिमी ।
दोष गर्ने पो दोषी हुन्छ
निर्दोषको पिछा नगर तिमी
न्याय माग्नेको बुझ कुरा
अन्यायसॅंग हातेमालो नगर तिमी ।
च्वास्स घोच्ने त सियोले गर्छ
वचनले घोच्ने नगर तिमी
सक्किएर अन्त्यमा पो खरानी हुन्छ
सुरूवात त्यसरी नगर तिमी ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)