
परिस्थिति त्यस्तै आए देशप्रेमी मर्नु पर्छ !
सहिदको सम्मानमा २ मुक्तक
एक्लो प्रितम खड्का
तिलोत्तमा-९, रुपन्देही
छाती चौडा पारेर मरी गए देशका लागि
त्याग अनि समर्पण गरी गए देशका लागि !
देशका खातिर जे गरे सलाम छ ती सहिद
मनैभरी अटुट माया भरी गए देशका लागि !!
सहिदको मार्गदर्शन अनुशरण गर्नु पर्छ
परिस्थिति त्यस्तै आए देशप्रेमी मर्नु पर्छ !
श्रदासुमन सहिदप्रति देश विकासमा लागौँ
समृद्ध छौँ नेपाली हौँ, एकतादिप छर्नु पर्छ !!
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




