धेरै माया गर्छु भन्यौ, अविश्वास गरिन कहिल्यै पनि

गजल

सुशीला शर्मा
दमक, झापा

धेरै माया गर्छु भन्यौ, अविश्वास गरिन कहिल्यै पनि,
हाम्रो सुन्दर घरसंसार, बिगार्न चाहिन कहिल्यै पनि ।

सन्सारका सारा खुसी, तिमीलाई नै दिउँला भन्यौ,
हैसियत भन्दा बढि, आकाङ्क्षा राखिन कहिल्यै पनि ।

पाउनु मात्र होइन रैछ माया, गुमाउनु झन माया रैछ,
तिम्रो मायाको परिभाषा सायद बुझिन कहिल्यै पनि ।

अरूको साथ भन्दा, तिम्रै घात प्यारो भयो मलाई,
दु:खको सहारा तिमीलाई, पराई ठानिन कहिल्यै पनि ।

मबाट अलग हुनु, बाध्यता नै होला तिमीलाई,
मलाई छोडि नजाऊ टाढा, भन्न सकिन कहिल्यै पनि ।

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button