
स्त्री पुरुष सँगसँगै बस्नुको मज्जा अरू थोकबाट मिल्दैन
कविता: आनन्द
पेशल आचार्य
नढाँटी भन्नुस् त
जीवनमा
कतिपटक श्रीमतीभन्दा
टाढा बस्नुभएको छ ?
कृपया
प्रष्ट्याइदिनुहोस्
आफ्नो श्रीमान् टाढा राखेर
कुनचाहिँ शीलवती श्री
उत्ताल तरङ्गले
खिल्खिलाउन सक्छे ?
सिँचन नगरिएको फूल
मल नहालिएको तरकारी
इस्त्री नगरिएका गुजुमुज्ज कोट र पाइन्टहरु
सबैसबै स्त्री नहुँदाका परिणाम त हुन् ।
बासी भात
थारा स्टोभ
र ग्याँस सिलिण्डरहरू
पुरुष नजिक नहुँदाका
परिणति हुन् ।
साँच्चै जीवनमा स्त्री पुरुष
सँगसँगै बस्नुको मज्जा
अरू थोकबाट मिल्दैन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)