यस्तो होस् जिन्दगी, हरियाली छाओस् मरुभूमिमा

गजल

सुशीला शर्मा
दमक, झापा

भोगाइका तिता मीठा यथार्थमै जिउनु पर्छ हामीले,
भन्छन् नियतीको खेल हो, लेखान्तमै जिउनु पर्छ हामीले ।

बाँध्न सक्नु पर्छ मनभित्र, भावनाका बाँधहरू,
नफूटोस कहिल्यै मनको बाँध,आशामै जिउनु पर्छ हामीले ।

पालो आउँछ सबको एकदिन, कोपिलाले फुल्नुपर्छ,
भमराले चुम्नेछ पक्कै पनि, भरोसामै जिउनु पर्छ हामीले ।

फूलेपछि फल्नु पर्छ, फलेपछि झुक्नै पर्छ अवश्य,
उम्लियो भने पोखिन्छ, संयमतामै जिउनु पर्छ हामीले ।

यस्तो होस् जिन्दगी, हरियाली छाओस् मरुभूमिमा,
जुटुन् कर्मशील हातहरू, परिश्रममै जिउनु पर्छ हामीले ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button