विद्यार्थीः ग्याँस चुलोले खिल्ली उडाउँदा किताबमा मन

कविता

सुशीला नेपाल

सपना बोकेका मेरा झोला र किताबमा
मेरा पढाइका रटान छन्
अगाडि ग्याँस चुलोले खिल्ली उडाउँदा
म मौन भई किताबका पानामा मन डुलाउँदै छु ।

मेरा तीन दिनदेखिका भाँडा जुठानमा
मेरी आमाबाबा खेती गर्दैछन् गाउँघरमा
म शहरको ठूलो घरको एक सानो कोठामा
मेरो कोठाभित्र रचिएका छन् भविस्यको मिठा आशा
हजार बार घोक्दा पनि याद नभएका मेरा मस्तिष्कका पानामा
फेरि सम्झिन्छु बाबाआमाले पठाएको चामलभित्रको पैसाको बिटोमा
मेरा कपडा गनाएका छन् धुनी फुसर्द नहुँदा सरकारी जागीरको.चक्करमा ।

भैसी बेची पठायौ नि बाबा मलाई पढाउन भनी
आधा पेट खाएका छौ छोरा ठूलो भइ भविष्य बनाउला भनी
म पनि त्यस्तै भाछु, मकैको पानीको भरमा
कहिले पकाउँदा अल्छी लाग्छ कहिले आधा पेटमा
कहिले बासी भात र अचारको साथमा ।

बाटोमा हिँड्दा ठोकिन्छु, कसैले बोलाउँदा झस्किन्छु
माया बसे झै छ किताबको पानापानामा सधै म त्यहिँ गएर रोकिन्छु ।

साथीभाईको रवाफ हेर्दां मलाई पनि रहरलाग्दो हो नि
आज मेरा दिन छइन भोलि पक्कै आउँदो हो नि
शहरका गल्लीगल्ली देख्छु केहि विद्यार्थी पढेको छ भनी
बाबाआमाको आँखामा छारो हाली जीवन विन्दास पारी
रुवाउने नगर है साथीभाइ बाबाआमालाई अब यसरी ।

सन्देश तिमीलाई छ उमेरसँगै उज्वल भविष्य बनाउनु छ
आज कोठाको बास होला तर भोलि महल बनाउनु छ
मेरा पुराना मोजाहरु फेर्नु छ बाबाका लागि सानो संसार बनाउनु छ
दिनरात नभनी काटेका पलहरुमा सन्तुष्ट भई सुत्नु छ
तर नाम निस्किए धेरै पटक परीक्षामा अन्र्तवार्तामा पछारिनु छ
घुसपैठले आज मेरा भविष्य कार्ने कलमहरु रोकिँदैछ
अब सपनालाई बिट मार्दै नेपालबाट बाहिरिनु छ ।

सक्छौ भने सरकार एउटा गूट बनाइदेऊ
सानो जागीर खानलाई नेपालभित्रै मिलाइदेऊ
सबैलाई घातक मानसिक पिडा नबनाइदेऊ
एउटा स्वत रुपमा भ्याकेन्सी खुलाइदेऊ
बौद्धिक रुपमा सक्षमहरुका लागि अब बाटो बनाइदेऊ
अनि बन्छ नेपाल र नेपालीका सान
अनि मिल्छ सरकारप्रति नेपालीको ध्यान ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button