
गीता ‘उडेको आकाश र डुलेको घर्ती’माथि शर्मिला
समीक्षा
शर्मिला खड्का (दाहाल)
गीता खत्रीको हालै प्रकाशित नियात्रासङ्ग्रह उडेको आकाश र डुलेको घर्ती नेपाली नियात्रा साहित्यमा थप उचाइ लिएर आएको कृति हो । खत्री नेपाली साहित्यिक क्षेत्रमा परिचय दिइरहनुपर्ने नाम होइन । लामो समय अमेरिका बसेर नेपाली भाषा साहित्यको श्रीवृद्धिको लागि अहोरात्र खटिरहने एउटा सिद्धहस्त नारी साहित्यकार हुनुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजजस्तो गरिमामय संस्थामा बसेर उहाँले भाषा साहित्यको लागि धेरै उल्लेखनीय कार्य गरिसक्नुभएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाजले नेपाली भाषा साहित्यको विकासको लागि कति धेरै प्रशंसनीय र गणनीय कार्य गरेको छ भन्ने कुरा त सर्वविदितै छ । यस्तो संस्थाको प्रमुख पदमा बसेर अन्तर्राष्ट्रियस्तरको विभिन्न साहित्यिक कार्यहरू सम्पन्न गराइसक्नुभएको छ । उहाँले संस्थागत सङ्गठन विकास र विस्तारमा एक कुशल व्यक्तिको भूमिका निर्वाह मात्र नगरी साहित्य सिर्जनामा पनि उत्तिकै साधाना गर्नुभएको छ । उहाँको कलम विशेष गरी गीत, कविता र गजलहरूमा सक्रिय देखिन्छ । झण्डै आधा दर्जनभन्दा बढी गीत सङ्ग्रह प्रकाशित भइसकेका छन् भने गीती एल्बमहरू पनि निकाली सक्नुभएको छ । उहाँको कलम अन्य विधामा पनि सक्रिय छन् ।
अन्त्यहीन इन्छा कथासङ्ग्रह उहाँको निकै चर्चामा रहेको पुस्तक हो । साहित्यिक कार्यक्रम, साहित्यिक सिर्जनाका साथसाथै विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादनमा पनि उहाँ उत्तिकै सक्रिय देखिनुहुन्छ । उहाँको पहिलै नै एउटा नियात्रासङ्ग्रह प्रकाशित भइसकेको हुनाले यो उडेको आकाश र डुलेको धर्ती उहाँको दोस्रो नियात्रासङ्ग्रह कृति हो ।
अहिले यहाँ उहाँको नियात्रासङ्ग्रह उडेको आकाश डुलेको धर्तीको पाठकीय समीक्षा लेख्न प्रयास गरिएको छ । उडेको आकाश डुलेको घर्ती भन्नेवित्तिकै पृथ्वीको धेरै भूभाग घुमिसकेको भन्ने बुझाउँछ । हुन पनि नियात्राकारले पृथ्वीको धेरैजसो भूभाग डुलिसकेको जानकारी हामी यो कृतिमा पढ्न पाउँछौ । उहाँ थोरै भाग्यमानी नेपाली महिलाहरूमा पर्नुहुन्छ जो आपूmसँग लेख्ने क्षमता भएको र भ्रमण गर्ने अवसर पनि प्राप्त भएको छ । भ्रमण गर्न अति रुची राख्ने उहाँको बानीलाई मनस्थिति, परिस्थिति, समय, संयोग सबैले साथ दिएझैँ लाग्दछ । यस्तै सबै परिपञ्च मिलेर उहाँको यात्राले नियात्रामा अमर हुने सौभाग्य पाएका छन् । यी नियात्राहरू एउटा कुशल गृहणीले भान्सामा खाना पकाउँदा के कति र कसरी पकाउँदा व्यञ्जन स्वादिस्ट हुन्छ भनेर पकाएझैँ लाग्दछ । यात्रा गर्दै पिच्छेको जानकारी सविस्तार सरल भाषामा सलल बगेको पाइन्छ । भाषा शैलीको स्वादिष्ट व्यञ्जन बनेका यी नियात्राहरू सरल भाषामा मिठासपूर्ण वर्णनात्मक शैलीमा नयाँ नयाँ जानकारीको रसास्वादन गराउँदै अघि बढ्छन् । पाठक प्रत्येक यात्रा पढ्न लालायित भइरहन्छ । यहाँ पाठकले बुझन नसक्ने भाषाशैलीको पटक्कै प्रयोग गरिएको छैन । पाठकले भाषिक जटिलता र कुनै पनि बोझ बोक्न पर्दैन । यात्रामा हुने अनेकौँ डर, त्रास, अभाव र उत्सुकतालाई नरम भाषा शैली सरल तरिकाले व्याख्या गरिएको छ । यात्रा भनेकै घटनाका शृङ्खला हुन अनुभूतिका खजानाहरू हुन् । यी कुरा यस कृतिमा प्रसस्त भेटिन्छन् । यी कुरालाई आफनो विचारसँग सम्मिश्रण गराउँदै यात्राका वृतान्त अघि बढ्छन् । नियात्राकारले धेरै अघि यात्रा गर्नु भएको भए पनि हालसालै भ्रमण गरिएझैँ लाग्दछ ।
पचासवटा शीर्षकमा बाँडिएको नियात्रासङ्ग्रहमा जापान, अमेरिका, मेक्सिको र केन्या देशको भ्रमणको यात्रा वृतान्त छन् । जापान यात्राका नियात्रा सातवटा रहेका छन् । यी नियात्रामा जापान पुग्दा त्यहाँ भएका घटना र परिघटनालाई सिलसिलाबद्धरूपमा रोमाञ्चकारी भाषामा प्रस्तुत गरिएको छ । यात्रामा हुने रोमाञ्चतकता, उत्सुकता, डर, वेचैनी र अन्योलको अवस्थालाई मिहिन पाराले नरम भाषामा व्यक्त गरिएको छ । सुरुको सातवटा नियात्रा पढ्दा लाग्छ कि यो जापान भ्रमणका बारेमा मात्र लेखिएको हो कि ! तर त्यसपछिको नियात्राहरू लगालग अमेरिकी भ्रमणको रहेको छ । जापान भ्रमणको नियात्रामा नियात्राकारले सबैभन्दा महत्व हिरोसिमा र नागासाकीको भ्रमणलाई दिनुभएको छ । दोस्रो विश्वयुद्धमा अमेरिकाले परमाणु बम खसाएर ध्वस्त बनाएको जापानको हिरोसिमा र नागासाकीको त्यो विभत्स दृश्य कसरी मेटिएको छ भन्ने यहाँ व्याख्या गरिएको छ । यात्राक्रमसँगै नियात्राकारको निजात्मक विचार र अनुभूतिहरू पनि व्यक्त गरिएको छ । उहाँमा मानवतावादी भावना र देशप्रेमको भावनापनि प्रसस्त देखिन्छ । यात्राको वृतान्तको साथसाथै ठाउँठाउँमा राखिएको फोटोहरूले पुस्तकमा थप रोचकता थपेको छ । उहाँ विदेश भ्रमणमा पनि साहित्यिक भेटघाटमा र साहित्यको सेवा गर्न पछि पर्नु हुन्न भन्ने कुरा उहाँको मेरो साहित्यिक भेला जापानमा भन्ने शीर्षकमा पढ्न पाइन्छ । यस शीर्षकमा उहाँ भन्नुहुन्छ, ‘मेरो साहित्यिक संलग्नता पनि दुई दशक नाघ्नै लाग्यो । समयले भ्याएसम्म सबै कार्यक्रममा पुग्ने गर्छु, नयाँ सर्जकहरूलाई सिर्जनाका लागि उत्साहित गराउने काममा समय दिने प्रयास गर्छु । साथै बेलाबेलामा साहित्यिक कार्यक्रमहरूको आयोजना गर्छु । जीवन निर्वाहको समयबाहेक मेरो फुर्सदको समय त्यसै खेर जाँदैन । मेरो जीवनचक्र विगत दुई दशकदेखि यसरी नै बितिरहेको छ । न्युयोर्कमा साहित्यिक माहोलको सिर्जना गर्ने क्रममा मेरो गहिरो संलग्नतालाई कसैले नकार्न सक्दैनन् ।’
यसरी जापान भ्रमणका जम्मा सातवटा नियात्राहरू छन् । त्यसमा अनेक प्रयासमा जापान, नागसाकी ः हिजो र आज, भिजेको आँखाले हिरोसिमा, हजार सारस कागजका, हिरोसिमा क्यासल, झुल्के घाममा फुजीसान, कामाकुरा र भगवान बुद्ध, हाकोनेका काला अण्डा, इफेल टावर टोकियोसम्म, गिन्जाको गन्जागोल, बेलीडान्समा झुमेको टोकिया, साहित्यिक भेला टोकियामा, किन्काकुजी मन्दिर, क्याटोको अलौकिक दरवार रहेको छन् ।
यी विभिन्न शीर्षकमा रहेका नियात्राहरूमा जापान भ्रमणका रमाइला पलहरू छन् । जापान भ्रमणपछि उहाँको यात्रा अमेरिकाभित्रकै विभिन्न राज्यको हुन गएको छ । न्यूयोर्कबाट शिकागो जाँदा बाटोमा के कस्तो क्षणहरू बिताउनु प¥यो भन्ने यात्राका क्षणहरू शिकागो बिनको कथा भन्नेमा छ । त्यसपछि को यात्रा क्यालिफोर्नियाको न्यानो यात्राबाट सुरु हुन्छ । अमेरिका भौगालिक बनावटले पनि नेपालभन्दा कैयाँै गुणा ठूलो राष्ट्र हो । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको भौतिक समृद्धिको व्याख्या गरेर त साध्य नै हुन्न । त्यसैले नियात्राकार ठाउँठाउँमा नेपालसँग तुलना गदै अमेरिकामा भौतिक र प्राकृतिक सुन्दरताको वर्णन गर्न कतै पनि पछि पर्नु भएको छैन । यो यात्रा वर्णनको क्रममा कहाँ कसरी पुगिदो रहेछ अनि कसरी जाने केके समस्या आइपर्छ सबै कुरा सविस्तार वर्णन गरिएको छ । यो यात्रा वृतान्त पढ्दा कतै झर्को नलाग्ने र अत्यास नलाग्ने हुन्छ । पढ्दा सलल पढँु पढुँ लाग्ने भाषाको प्रवाह भेटिन्छ । साधारण पाठकले पनि रस लिएर पढ्न सक्छन् । पाठक आफै त्यहाँ पुगेर यात्रा गरेझँै लाग्छ । यदि यात्रामा जाने हो भने पनि सबै जानकारी प्राप्त हुन्छ ।
नियात्राकार विश्वको कति धेरै ठाउँ घुमिसक्नुभयो भन्ने कुरा शिकागो बिनको कथा शीर्षकमा रहेको यो अभिव्यक्तिले थाहा हुन्छ, ‘सपनामा नचिताएका ठाउँहरू आÏनै आँखाले देखिए । मौकाले साथ दियो । पूर्वसोभियत सङ्घको हिउँले भरिएका भूभागदेखि क्यानाडासम्म अस्टे«लियादेखि तिब्बतका अग्ला अग्ला मरुभूमिसम्म । युरोपियन मुलुकका समलत भूभागदेखि मध्यपूर्वको मान्छे टिक्न नसक्ने मरुभूमिहरू देख्दै सयुक्तराज्य अमेरिकाको विशाल भूभागमा आइपुग्न सफल भएँ ।’
त्यसपछि क्यालिफोर्नियाको यात्रा रहेको छ । नेभादा राज्यमा रहेको हुभर बाधको नियात्राकार निकै समय र शब्द खर्चेर यसको व्याख्या गरेको पाइन्छ । सानफ्रान्सिस्को शहरको निकै आकर्षणको केन्द्र रहेको पियर को वर्णन ‘पियर ३९’ शीर्षकमा पढ्न पाइन्छ । पियर भनेको के रहेछ भन्दा यो समुन्दको जहाज अडयाउने ठाउँ रहेछ । जहाँ यात्रीहरू ओराल्ने र चढाउने गरिदो रहेछ । त्यस्तै यहाँ मालसामानहरू झार्ने र चढाउन पनि गरिदो रहेछ । निकै आकर्षक ढङ्गले वर्णन गरिएको यो ठाउँमा ठूलो सपिङ्ग मल रहेको पाइन्छ । त्यसै पनि अमेरिकामा अचम्म लाग्ने भौतिक संरचनादेखि प्राकृतिक सन्दरता र विविध धर्मसंस्कृतिहरू झलक दिने ठाउँ भएकोले यसको वर्णन नियात्राकारले निकै मेहेनेत गरेर गरेको पाइन्छ । त्यसमध्ये पनि विश्व कै आकर्षण र चासोको केन्द्र रहेको हालिउडको वर्णन पनि उत्तिकै मेहेनत साथ गरिएको देखिन्छ । ग्लैमर्सको दुनियाको अनेकौ तामझाम हुने आकर्षणले पनि सबैको मन जित्न सफल फिल्मी नगरी हलिउडको चाखलाग्दा कुराले सबैको दिल र दिमागमा राज गरेकै हुन्छ । यस्तो ठाउँमा घुम्न जाँदा नियात्राकारले दिल खोलेर यात्रा गरेको भेटिन्छ । यसरी अमेरिकाको भ्रमणमा पारिवारिक भेटघाट घुमघाम र रमाइला पलहरूमा नियात्राकार रमाउनु भएको छ ।
अमेरिकाको भ्रमणपछि मेक्सिकोको भ्रमण छ । यहाँ विश्वकै सात आश्चर्यजनक सिर्जना मध्ये एउटा मायाजाति बनाएको पिरामिड रहेको छ । यही मेक्सिकोमा आÏनो छोराको विवाहमा उपस्थिति हुने अवसर पनि प्राप्त हुन्छ । यस ठाउँको भ्रमण गर्दै नियात्राकार आÏनो जीवनको अति महत्वपूर्ण र खुसीको क्षण आÏनो छोराको विवाहमा आइपुग्नु हुन्छ । आÏनो छोराछोरी सक्षम र सफल भई आफै फिल्ममा देखिएको जस्तै भव्य विवाह समारोह आयोजना गर्दा कुन चाहिँ बुबाआमाको मन हर्षित नहोला र ? यसमा नियात्राकार आफूलाई भाग्यमानी ठान्दै आÏनो छोराको विवाह बालुवामाथि विवाहमा वर्णन गर्न पुग्नु हुन्छ । समुन्द्रको किनारामा बालुवामाथि बनाइएको विवाह मण्डपको सबिस्तार व्याख्या गर्नुहुन्छ ।
यसपछि नियात्राकार अफ्रिकी राज्य केन्याको भ्रमणमा आउनुहुन्छ । अफ्रिकी महादेश त्यसै पनि विश्वमा नै अचम्मको महादेशमा पर्दछ । यसको भौगोलिक वनोट, प्राकृतिक विविधता र संस्कृतिले विश्वको ध्यान तानिरहेकै हुन्छ । यस्तो ठाउँको वर्णन नियात्राकार मिहिन पाराले गर्नुभएको छ । यहाँ यात्रामा हुँदा अप्ठेरो रमाइलोपन र अत्यासलाग्दो घटनाहरु पनि छन् ।

यसरी नियात्राकारले आÏनो नियात्रामा यात्रासँगै घटना, अनुभूति विचार, राष्ट्रियता, सबैको मिश्रण गराइ पाठकलाई नयाँनयाँ ठाउँको भ्रमण सम्पूर्ण जानकारी दिन सफल हुनु भएको छ । यस पुस्तकको सबैभन्दा ठूलो विशेषता मलाई के लागेको छ भने नियात्राकारले ठाउँ ठाउँमा निर्धक्क भइ दिनु भएको अभिव्यक्ति । उहाँ आफनो मनको कुरा यति सहजै भनि दिनु भएको छ त्यो कुरालाई कसैले नकरात्मक सोचाइ सोच्ला भनेर पटक्कै डराउनु भएको छैन । यसरी स्वतन्त्र अभिव्यक्ति दिने क्रममा उहाँ सारा नेपालीलाई, नेताहरूलाई पनि भन्न पछि पर्नु भएको छैन । आफू भित्रको कुरा पनि निर्धक्कसँग भन्नु भएको छ । यसरी भन्ने साहस प्रायः नियात्रा लेखकमा कम देखिन्छ । तर उहाँ नियात्रासँग आफूलाई लागेको संवेदनशील कुरालाई आÏनो भावाना, विचार, सोचाइ र आर्दश पोखेर आफू सँगसँग बगाउनुहुन्छ । र अर्काे महत्वपूर्ण मलाई के लाग्छ भने यो यात्राभरि नियात्राकार एक्लै हुनुहुन्न, उहाँको जीवनसाथी भनौँ श्रीमान् राम खत्री पनि सँगसँगै हुनुहुन्छ । भनौँ पर्दापछाडिसँगसँगै हुनुहुन्छ । श्रीमान् राम खत्रीले उहाँको स्वतन्त्र व्यवहार र लेखनको यति धेरै समर्थन र सहयोग गर्नु भएको छ कि यो देखेर उहाँलाई कोटी कोटी नमन गर्न मन लाग्छ । शायद यसो नगर्नु भएको भए यो पुस्तक यसरी तयार नहुन पनि सक्थ्यो कि ? हाम्रो समाजमा महिलालाई स्वतन्त्रभई हिँडन खान र काम गर्न त गाहो भइ रहेको अवस्था अझ सिर्जना र भ्रमण जस्तो अनुत्पात्दक क्षेत्रलाई सबैले निरुत्साहित गरिरहेको अवस्थामा उहाँले गर्नु भएको सहयोग र समर्थन देखेर मन साहै्र हर्षित भएर आउँछ ।
यात्रामा हुँदा लाग्ने थकाइ, निन्द्रा भोक प्यासलाई पन्छाउँदै यात्राको वृतान्त टिप्नु अनि त्यसलाई भाषामा लायबद्ध गर्नु चानचुने काम पटक्कै होइन । यसको लागि निकै धैर्यता, लागनशीलता र साधाना चाहिन्छ । यस पुस्तकबाट मलाई के भन्न मन लाग्छ भने यात्राको अनेकाँै झन्झट भोक, निन्द्रालाई पन्छाउदै यति मोटो कुति तयार गर्नु भएको गीता खत्रीज्यू धैर्यता, लगनशीलता, साहसी, साधानाको पयार्य बन्नु भएको छ । यो हामी सबै नारी हस्ताक्षरको लागि एउटा गर्वको कुरा पनि हो । उहाँलाई धेरै धेरै साधुवाद छ । आगामी कृतिको लागि पनि उहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु ।
कतिपय पाठकलाई यस कृतिमा आफूले खोजेकोजस्तो साहित्यिक गहनता अथार्त् बिम्ब र प्रतीकको अभाव खटकिन सक्छ तर लामो समय भनाँै चार दशक प्रवासमा बसेको लेखकले आफनो भाषा नै भुल्ने अवस्थामा यसरी रातदिन भाषाको साहित्यको साधानामा लागेर यतिसम्म लेख्नुपनि ठूलो गहन कुरा मान्नु पर्दछ । अर्कोतिर हामी नारीजाति आफनै शरीर भारी हुने र भातभान्साको अर्को कैदी जीवनले उन्मुक्ति कहिल्यै नपाउने अवस्थामा यतिको कृति लेखिनु ठूलो गौरवको कुरा ठान्दछु म । त्यसैले यस कृतिलाई म गहन र गौरवपूर्ण कृति भन्न रुचाउँछु ।
अन्त्यमा यो नियात्रासङ्गहको भूमिकामा लेख्नु भएको वरिष्ठ नियात्राकार प्रतीक ढकालज्यूको कुरालाई म समर्थन गर्दै के भन्न चाहान्छु, ‘जसले यो पुस्तक पढेको छैन उसले धेरै कुराको जानकारी गुमाउने छन् र गीताजस्तै अरू गीता जन्माउन चुक्नेछन् ।’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)