आँशुः मेरो एकमात्र साथी
रिता खनाल
यात्रै यात्राको संगम भइदियो जीवन
कसैको यात्रा रमाइलो त कसैको नरमाइलो
कसैको यात्रामा कोही साथी त कोही एक्लो
कसैको अनुहारमा खुसीको चमक त
कसैको अनुहारमा भित्र पीडा लुकाएर झुटो मुस्कान
यही त रेछ जिन्दगी हैन र ?
कसैको तोकिएको गन्तव्य त
कसैको बिना गन्तव्यको यात्रा
भगवानले पनि किन यस्तो गर्छन् होला है ?
कसैलाई खुसीखुसी त कसैलाई पीडैपीडा
कसैलाई हजारौं साथी त
कोहीलाई एउटा पनि नहुने ।
मेरो साथी कोही छैन
तर मेरो साथी मेरो लागि मेरो आँशु बनिदियो ।
जब मुस्कानले साथ दिएन
जब आफ्नाले साथ दिएनन्
जब उज्यालोमा साथ दिने छायाले अन्धकारमा साथ दिएन
जब खुसीले साथ दिएन
तब आँशुले साथ दियो
एकान्तमा आँशुको वर्षात हुँदासाथ दिने कोही थिएनन् आफ्ना
तर साथ एक निर्जीव वस्तु सिरानीले दियो
आँशु मेरो असल मित्र भइदियो ।
आँशुले मेरो खुसीमा कहिले रोएन
जब जब एक्लोपनमा हुन्थेँ
जब लाग्थ्यो कोही होस् मेरो साथमा
जब कसैको यादमा हुन्थेँ
जब कसैलाई आफ्नो स्वामित्वमा खोज्थेँ
तब कसैले साथ दिदैनन् थे आँशुलेबाहेक ।
यही एउटा आँशु त सच्चा छ
नत्र मुस्कानदेखि लिएर दुनिँया स्वार्थी छ
बस् संसारमा हरेक दुःखको परिस्थिमामा
मैले कसैको साथ पाएँ भने त्यो आँशुको ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)