
मेरी रानी ! म आएँ, अब पीर नगर
कथाः बसन्ती
सागर ‘मणि’ थापा
बिहानीको चिसो सिरोटेले बसन्तीको गालामा म्वाइँ खाइदियो । हिजो दिनभरिको कामले लखतरान भएकी थिइन् । एकै निद्रामा उज्यालो भयो । धेरै पटक हाइ हाइ गरिरहिन् । घरको टुँडालमा परेवाको जोडी पे्रममा लिप्त थियो । बसन्तीको एक जोर आँखामा उक्त दृश्य कैद हुन पुग्यो ।
बसन्तीले आफ्नो सुहागरातको क्षणलाई स्मृतिको पानाबाट बाहिर निकालिन् । हेर्दाहेर्दै परेवाको जोडी बसन्तीको लोग्नेस्वास्नीमा साटियो । नशालु उद्गार छुटिरहेको थियो दुवैका ओठओठबाट । बसन्तीले आँखा चिम्म पारिरहेकी थिइन् ।
एक्कासि कोठाको ढोका घरक्क उघ्रन्छ । बसन्तीको तन्द्रा च्वाट्ट चुँडिन्छ । सुहागरात पनि होइन । लोग्नेको मिठासपूर्ण आलिङ्गन पनि छैन । उनको ससुरो आएको छ । नाम माथबर । रिटायर्ड जमदार । ससुरोलाई देख्नासाथ बसन्ती सम्हालिन खोज्छिन् ।
ससुरोले केही देखे कि भनेर हातले आँखा छोपेर बसिरहिन् । माथवरलाई तमाखुको धूवाँ तान्न नपाएर तलतल लागिरहेको थियो । बुहारी उठिसकी होली भनेको त…।
ढोकैबाट फर्किन लाग्दा देउथान गएर आएकी जमदारनीसँग कुम ठोक्कियो ।
हतप्रभमा लोग्नेको उद्गार छुट्यो— ‘कति छिटै मन्दिर पुगेर आइसकेकी सस्र्वती ?’
‘किन ? यत्ति छिटै आउन नहुने थियो र ?’, सस्र्वतीले सय मनको व्यङ्ग्यवाणयुक्त वचन प्रहार गरिन्— ‘ब्वारीले के लगाएर सुतेकी रैछ भनेर चियो गर्न आएको कि चिया खान्छ्यौ कि भनेर सोध्न आएको ? एकाबिहानै ब्वारीको कोठामा चियो गर्न आउनुको अर्थ के ?’
‘के के । तेरो बाउ ! यही जवाफ खोज्या हैनस् तैँले ?’, माथवरले तालुको छाला पैतालामा पुग्ने गरी जवाफ दियो । बसन्ती लाजले निहुरिँदै गग्रेटोमा पुग्छिन् । रित्तो गाग्री बोकेर धारातिर पाइला चाल्छिन् । यता सासू र ससुराबीच पुनः गाँड कोराकोर हुन्छ ।
बसन्ती त गइहालिन्, केही सुन्न परेन । माथवरले स्वास्नीलाई बेसरी छास्यो— ‘जाबो एक कप चिया खान पनि ब्वारी नै चाहिन्छ ? बनाएर खानलाई तेरा हात सद्धे छैनन् ?’
बिहानको खाइधन्दा सकेर बसन्ती वस्तु चराउन पाखातिर जान्छिन् । दिन त यसोउसो गरेर बितिहाल्छ । तर पापी साँझ किन आएको होला ? प्रिय पतिको सम्झनाले व्याकुल पार्छ उनलाई । यसरी कति दिन र साँझ कटाइसकेकी छिन् बसन्तीले ।
आज पनि गोधूलि साँझको भुइँ बसन्तीका नयनाश्रुले चिसो भयो । लोग्नेसँगको पुनर्मिलनको कल्पना कोरा कल्पनामै सीमित भयो । मीठो रातको, स्वादिलो आलिङ्गनको सपना पनि सपनामै सीमित रह्यो । घरमा सासूको बुहार्तन कडा छ ।
घाँसको भारी सानो भयो भनी टोकस्छिन् । भाँडा माझ्दा जुठो निख्य्रो कि निख्रेन भनेर चेक गर्छिन् । पेटभरि खान दिन्नन् । माइत जान दसैँ नै आउनुपर्छ । आदि ।
जमदार सीताको भट्टीमा खोयाबिर्के रक्सीमा रमाइरहेको हुन्छ । रात धेरै परिसक्यो । बूढीकन्ने सीताको सम्वेदनशील अंगलाई ग्राहकहरू चियाई चियाई हेर्छन् । रमाइलो हुन्छ । नाइटो नछोपी लगाएकी लुङ्गी पनि अर्को आकर्षक वस्तु भएको छ ।
रक्सी लागेको जमदारले गाला मुसार्यो । सीताले नखरा पारेर गाली गरेभैmँ गरिन् । तर उनको ध्यान त पैसामा पुगेर टाँस्सिएको थियो । खोयाको बिर्को खोल्नैमा व्यस्त थिइन् उनी ।
मध्येरातमा जमदार बौलाउँदै घरमा पुग्छ । स्वास्नीलाई ढोका खोल्न आदेश दिन्छ । तर उसकी बुहारी तल ओर्लेर ढोका खोलिदिन्छिन् । रक्सीको दुर्गन्धले ढल्न मात्र सकिनन् । एक मनले त भन्यो बसन्तीलाई— ‘तँ पनि पिउन थाल् बसन्ती । कमसे कम यस्तो दुर्गन्धबाट त बच्छेस् । कत्ति सहने भन् त ?’
उनले आपैmलाई चिमोटिन् । ससुरोको लागि भात, तिहुन तताउन तम्सेकी मात्र थिइन् । ससुरोले रोक्यो— ‘भो, दुःख नगर ब्वारी । अँ, अब तिम्रो लोग्ने फर्केर आउँदैन रे । ५÷६ वर्षै नाघिसक्यो । बरू तिम्ले अर्कोतिर सुरसार गरे हुन्छ । म अन्माएर पठाइदिन्छु । जाऊ, सुत्न ऐले ।’
बसन्ती रुन थालिन् । निष्ठुरीले एउटा पत्र समेत पठाएन । फोन गरेन । बसन्ती कहाँ जाऊन् ? यस्तैमा उनकी सासू सस्र्वती उठेर आइन् । बसन्तीलाई बेसरी गाली गरिन् । लोग्नेलाई आफ्नो कोठाभित्र हुलेर कुच्चैकुच्चाले बजाउन थालिन् ।
…
‘ए, उसोभए जमदारले त्यसोसम्म भन्यो होइन त बसन्ती ?’ बसन्तीको कुराले डम्बरकुमारीलाई छक्क तुल्याएको देखिन्छ ! बसन्तीसँग उनको हिमचिम थियो । सुखदुःख बाँडचँुड गर्ने गर्थे । डम्बरकुमारी आलोचना गर्छिन्— ‘तेरो ससुरो त हुत्तिहारा रहेछ बसन्ती । नामर्द कहाँको । बुहारीलाई ‘छोराको भर नपर्’ भन्नुको अर्थ के ? तँलाई त्यस घरबाट निकाल्न खोज्दैछ त्यो जँड्याहाले । अर्को लोग्ने पाइने भो भनेर फेरि तँ पनि मख्ख होइन त ? लाक्षी मोरी ।’
‘अहँ, त्यस्तो कदापि हुन सत्तैmन डम्बरी ।’ ऊ त्यसै भनेर सम्बोधन गछिनर्् डम्बरकुमारीलाई । उनले विवेचना गरिन्— ‘जे भए नि उनी मेरो बाउसमानको ससुरा हुन् । मेरो भलो नै चिताउँछन् । लोग्ने पो निठुरी त । सासू पो चण्डालनी त । तर ससुरा त जाती नै छन् न डम्बरी । तर मलाई त्यो घर छाडेर कतै जान मन छैन ।’
ड.कु. छक्क पर्छिन् ! जाबो तीन कक्षा मात्र पढेकी बसन्तीका यत्रा ठूला कुरा ? मन्त्रीकी छोरी पनि होइन । सांसद्की बुहारी पनि होइन । फेरि पनि…।
घरमा खाजा बनाउन लागेकी थिइन् बुहारी । चोर जसरी लुसुक्क भित्र पस्यो ससुरो । बुहारी झसँग भइन् । राता गाला झनै राता भए । बसन्तीको मनमा शङ्काले घर गर्न थाल्यो । यत्तिखेरै सस्र्वती आइन् भने त अन्टसन्ट सोच्छिन् ।
नानाभाँति वाक्यहरू प्रहार गर्छिन् । तर उनी छोरीको घरमा गएकी अवस्था रहेछ । ससुरोको मुखबाट पो सुन्न पाइन् । अब अभैm ठूलो भुइँचालोको झट्का लाग्यो, बसन्तीको दिमागमा । उनले ससुराका सबै आश्वासनहरूलाई जाँडको तालमा बकेको हावादारी गफ ठानिन् । आत्मग्लानिको लेपले बसन्तीको अनुहारको लालीमा ढपक्कै ढाकेको छ ।
माथबरले अण्डाको परिकार बनाउन लगायो । बसन्तीले दुइटा अण्डा फुटाएर गिलासमा बाक्लो तरल पदार्थ खन्याउन लागिन् । चम्चाले फिट्न थालिन् । ससुरोले हातमा लियो । चम्चाले उभाउँदै, माथि उठाउँदै र झार्दै गर्न थाल्यो ।
उसको लागि खेल रमाइलै थियो । बसन्ती अचम्म मानेर हेरिरहेकी छिन् । ससुरो सोध्छ— ‘ब्वारी, बसन्ती । यो देखेर केही कुराको याद भयो तिमीलाई ?’
‘खै, बाबा । मलाई त सम्झना भएन ।’ यत्ति उत्तर दिए पनि ससुरोको केटाकेटी खेला देखेर मनैमन हाँसिरहेकी छिन् । माथबरले अण्डाको तरललाई पोखेर -याल्ल र ब्याल्ल पारिसक्यो । ऊ भन्छ— ‘कस्तो अचम्म हगि ? यस्तो जाबो झोलबाट चल्ला कोरल्छ कुखुराले !’
बल्ल बसन्तीले चाल पाइन् । कुदेर परको हाडीबेलको रूखनेर पुगिन् । त्यहाँ ससुरोले समात्न सक्ने भएन । ‘शरमहारा बूढा रहेछन्’ भन्ने लाग्यो उनलाई । ससुराको पाल्छी कुरा बुझ्न कठिन भएन ।
बसन्ती निद्रा नपरेर ओल्टे र कोल्टे फर्किरहेकी हुन्छिन् । अचानक कोठाको ढोका उघ्रन्छ । तर्सेर झण्डै चिच्याएकी थिइन् । तर उनको राजा पो सवारी भएको पाइन् उनले । हो, उनको पति दिवाकर आएको रहेछ ।
नजीकै गएर राम्ररी हेरिन् । पक्का हो रहेछ । हर्ष र आनन्दको सीमा रहेन । खडेरी परेको जमीनमा पानी वर्षेझैँ भयो । दिवाकर आलिङ्गनमा बेर्दै प्रणयी भावका उद्गारहरू ओकल्छ— ‘बसन्ती । मेरी रानी । मेरी प्रियतमा । म आएँ । अब पीर नगर ।’
यत्रो समयपछि भेट भएको । आँत हरहराएर आयो । बेसरी च्यापेर च्वाप्पचुप्प पारिरह्यो । आकाश, धर्ती, वायु, अग्नि, आदि सबै साक्षी राखेर कसम खायो । अब प्यारीलाई छोडेर कतै नजाने प्रण ग¥यो । मिलनको हर्षाश्रु खसाइन् उनले ।
संवेगात्मक शैलीमा दुवैले एकार्कोको नाम पुकारिरहे, निकै बरेसम्म । बसन्तीका नयन लोलाउन थाले । एकले अर्काको तातो सासको अनुभव गरे । मादक स्वादको अनुभूतिले मीठो क्षण दिलायो ।
तर अफसोस ! बसन्ती तरङ्ग तर्सन्छिन् । ज्याः यी आइमाई त कहाँको कोठामा हुनु । डम्बरकुमारी र उनी घाँस काट्न गएका रहेछन् । चर्को घामबाट बच्न पीपलको सियाँल ताप्दै रहेछन् । बसन्ती ड.कु.कै काखलाई सिरानी बनाएर मस्तसँग सपना देखिरहेकी रहिछन् ।
सपनामा खसमसँग उनले गरेका प्रेमसंलापका शब्दहरू ड.कु.का कानभित्र रेकर्ड भएका थिए । बसन्ती उठेर भुइँमा थुक्न थाल्छिन् । धेरै पटक थुक्छिन् । मुखबाट थुक आउनै बन्द हुन्छ । गोबर बोक्ने गरेको डोको रहेछ । लोग्नेको ओठ भनेर चुम्दा त सुकेको गोबर पो ओठमा टाँस्सिएको पाइन् ।
उनले सहेलीलाई नै दोष दिइन् । काखको सिरानी नदिएकी भए निद्रा पर्दैनथ्यो । निद्रा नपरेको भए मीठो सपना पनि देख्दैनथिन् ।
केही बेरको गन्थनपछि दुवैजना घाँस काट्न हिँडे ।
…
शीतला बसन्तीकी आमाजू । माइतीमा सुत्केरी बस्न आएकी छ । नाति जन्मेकोले उसकी आमा दङ्ग छे । आमा भात पकाउँदै छे । आँगनमा सुकुल छ । एक छेउमा बच्चालाई मचाकथीले छोपेर सुताइएको छ । बसन्ती आमाजूको जीउमा तेल घस्न लागेकी छिन् ।
शीतलालाई काउकुती लागेर उधुम भयो । सुत्केरीलाई तेल लगाउने समयमा पुरुषलाई बन्देज जस्तै हुन्छ । तर शीतलाको आफ्नै बाबु लुकीलुकी उक्त दृश्य हेरिरहेको रहेछ । छोरी सुत्केरी बस्न आएदेखि माथबर यौनकुण्ठाले ग्रस्त भएको थियो । ्
सुत्केरी छोरीका अङ्गहरु लुकेर हेर्ने कुलतमा फँसेको थियो ।
शीतला हतारिन्छे— ‘अलि चाँडो गर न बसन्ती । अहिले कोही मान्छे आइहाल्यो भने…?’
‘आए के हुन्छ त दिज्यू ?’ लाजै नमानी भाइबुहारी बोल्छिन्, ‘ती पुरुषहरू पनि त यही आदिम ओडारबाट निस्केका हुन् क्यार । केको लाज । छ भन्ने सबैलाई ज्ञान छ क्यारे । नहेरे त भैगयो नि दिज्यू ।’ बोल्दा बोल्दै बसन्तीले काखीमा काउकुती लगाइदिइन् । आमाजूले घ्वाच्च घोचेर उत्तानो पारिदिइन् । बसन्तीले हार मानिनन् ।
आमाजूका अंग, अंगलाई मसमसी माड्दै जान्छिन् । रमाइलो मानिरहेकी छिन् । प्रणयको बेलामा दिवाकरले बसन्तीलाई यसैगरी कुतकुत्याउने गथ्र्यो ।
बसन्ती भाञ्जोलाई काखमा खेलाउन लागेकी हुन्छिन् । भित्रबाट सासू निस्कन्छिन् । सुत्केरी छोरीको लागि घिउभात तयार छ । बसन्तीले पस्केर दिनु परेको छ ।
बाहिर आएर बुहारीलाई मनपरि भन्न थाल्छिन्— ‘ए अलच्छिनी । मेरो नातिलाई किन लिएकी ? कि तँलाई पनि छोरो पाउने रहर भो ? तेरो त कर्ममै छैन सन्तान जन्माउने । रहर गरेर मात्रै हुन्छ र ? जा भित्र गएर तेरी आमाजूलाई भात पस्किदे । फेरि घिउ चोरेर खालिस् नि ।’
बसन्ती कालोनीलो अनुहार पार्दै भान्छामा पुग्छिन् । सुत्केरी आमाजूलाई भात पस्किदिन्छिन् । गाईको घिउको मगमग बासना आइरेहछ । तर उनले त घुटुक्क थुक निलेर मनलाई शान्त पारिन् ।
डम्बरकुमारी आफ्नो छोरो बोकेर गाउँतिर जाँदै हुन्छिन् । बाटोमा इन्द्रसँग भेट हुन्छ । इन्द्रलाई देखेर आश्चर्यता प्रकट गर्छिन्— ‘इन्द्र, के यस्तो अवस्था पारेको तिमीले आपूmलाई ? हेर हेर वैरागी भएर हिँडेको ?’
इन्द्र धेरै बोल्न मानिरहेको छैन । फिस्स हाँसेर टार्न खोज्छ । डम्बर एकान्ततिर तानेर मन्द बोलीमा बोल्छिन्— ‘तिम्री बसन्तीलाई भेट्दैनौ ? बिचरी दुब्लाएर मर्नै लागेकी छ । सासूले खानै दिन्नन् । बुहार्तन खपेर बाँच्न विवश छे बिचरी ।’
बसन्तीको बेहाल खबर सुनेर इन्द्र निराश बन्न पुग्छ । तर ओठ टोकेर अतीतको याद गर्नुबाहेक के नै विकल्प थियो र ऊसँग ? तर डम्बरकुमारीले बसन्तीलाई भेट्नै पर्ने जिकिर गरिन् ।
इन्द्र बसन्तीको पूर्वप्रेमी थियो । जातभात नमिल्ने केटोसँग बसन्तीका काकाले बिहे गराइदिने कुरै थिएन । कथित जातभात प्रथाले समाजमा चोखो माया गर्नेहरूलाई सजलै बाँच्न दिएको थिएन । इन्द्र र बसन्ती पनि त्यही कुप्रथाको सिकार हुन पुगे ।
एकदिन गोप्य रुपमा बसन्ती र इन्द्रको पुनर्मिलन भयो । सूत्रधार थिइन्, उही डम्बरकुमारी । तर समाजलाई चुनौती दिने आँट थिएन बसन्तीसँग । डम्बरकुमारी भन्छिन्— ‘तैँले सन्तान जन्माइनस् भनेर तेरी सासूले मुटुमा झिरले रोपिरहन्छे । अब तैँले केही गरेर देखाउने समय आएको छ बसन्ती । फेरि तैँले नै भनेकी हैनस् र तेरो ससुराले अर्को केटोसँग बिहे गराइदिन चाहेका छन् भनेर ?’
इन्द्रले विश्वास दिलायो— ‘तिमी यो घरमा टिक्न सक्तिनौ बसन्ती । म तिमीलाई भगाएर यो गाउँभन्दा धेरै टाढा पु¥याउँछु । तिम्रो दिवाकर अब आउँदैन । किन कि त्यो तिम्रो लागि जन्मेकै होइन ।’
बसन्तीले केही निर्णय दिन सकिनन् । केवल अजस्रधारा आँसु झारिरहिन् । डम्बरकुमारीले हौसला दिइन् । त्यसको लागि सहयोग गर्ने वचन पनि दिइन् ।
नभन्दै अर्को दिन बिहान भालेको डाँकसँगै बसन्ती उठिन् । हिजै बेलुका केही सामलतुमल पोको पारिसकेकी रहिछन् । कसैले चाल नपाउने गरेर बाहिर निस्किइन् ।
उता उनको प्रेमी इन्द्र पनि दोबाटोमा आइसकेको रहेछ । उसले बसन्तीको एउटा हात समात्यो । उनीहरू कहिले सुस्त र कहिले तीव्र गतिमा गाउँबाट बाहिरिँदै गए । टोलका केही भुस्याहा कुकुरहरू भुकिरहेका थिए । पर वनमा पुगेपछि ती दुवैले एकार्कोलाई अङ्गालोमा बेरेर माया साटासाट गरिरहे ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)