पवनले शीत विन्दु आँशु पुछ्दै थियो

गजल

गोविन्द श्रृङ्खला

तराइको हुरीसँग शैल जुझ्दै थियो,
पवनले शीत विन्दु आँशु पुछ्दै थियो ।

लम्किएको गति माथी अवरोध हुंँदा,
आफ्नैबाट हुने बेइमानी बुझ्दै थियो ।

हरियाली माझ कस्को आँखा लाग्यो कुन्नि,
लहलह मौलाएको मुना सुक्दै थियो ।

बवुराको के को आँट मुखिया नै जाली,
उँचो शीर स्वाभिमान झनै झुक्दै थियो

बाहिरको परिस्थिती नदेखिए पनि,
मान्छेभित्र खोक्रिएको मन दुख्दै थियो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button