बर्षौ सङ्गत गर्दा नि बुझ्न सकिन उसको कुनै इशाराहरु

गजल

रविन्द्र कार्की (रवि)
रामेछाप, खाँडादेवी-२

जब आउँछन् जिन्दगीमा कठिनाइ अनि अप्ठ्याराहरु
त्यसपछि किन गुम्न थाल्छन् आफ्नाले दिने सहाराहरु ?

सहर पुगेपछि आफ्नो गाउँ चटक्कै नबिर्स ए गाउँले हो
तिमीहरु बिना शुन्य छन् यहाँ पाखा, पखेरा, चौताराहरु ।

सोझो पनि म यतिसम्म भएछु खै के कुरा गर्नु र हजुर
बर्षौ सङ्गत गर्दा नि बुझ्न सकिन उसको कुनै इशाराहरु ।

दुःखहरुको बीचमा थोरै खुसीको नि महसुस गर्न पाए
किन बगाउँनु पर्थ्यो र यी आँखाबाट आँसुका धाराहरु ?

मलाई लाग्छ, मित्रहरु दुखी भेटियोस्, असल भेटियोस्
हेर्नुस् तर कहिल्यै पनि नभेटियोस् अरुको मनमाराहरु ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button