
हल्का दारीमा झनै पो सुहायो, बैँसको मात लागेर हो कि ?
बसन्ता पोख्रेल
धुर्कोट -१, नयाँगाउँ, गुल्मी
सारै नै राम्रो देखिएछौ आज
मायाको मात लागेर हो कि ?
भिजेको केश, तपतप छ पानी
अनायसै गालामा खसेर हो कि ?
सपनाको राजकुमारभन्दा नि फरक नपर्ने
भिजेको मुहारमा सुन्दरता खुलेर हो कि ?
सपनीमा पनि मेरै नाम बोलायौ आज
मायाको जालमा फसेर हो कि ?
हल्का दारीमा झनै पो सुहायो
बैँसको मात लागेर हो कि ?
लजाए जस्तो लाग्यो नि किन हो
नसाको मात भागेर हो कि ?
सारै नै राम्रो देखिएछौ आज
मायाको मात लागेर हो कि ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)