तरकारीवालीको तारिफयोग्य ‘तरकारी कथा’

लघुकथाः आमाको माया

सायुसुसन राई ‘चरन’
दोहा, कतार

सानो सात वर्षकी एउटा छोरी चम्पा र आमा मैयाँ मात्रै घरमा रहेछन् । बाउ भने बेपत्ता कहाँ गयो, जिउँदो छ कि मरेको छ, कुनै अत्तो पत्तो थिएन छ । छोरीलाई जसोतसो तरकारी बेचेरै भए नि स्कुल पढाई रहेकी थिए छ । अचानक मैयाँ (आमा) बिरामी पुरिछन् । उपचार गर्ने र दैनिकी गुजार्न धेरै धौधौ परेको देखेर सानी छोरी चम्पाले एक हप्तापछि आफ्नो तरकारी बेच्ने ठाउँमा गएर तरकारी बेच्न थालिछे ।

त्यतिकैमा केही मान्छेहरु तरकारी किन्न भनी आएछन् । के गर्नु धेरै दिनपछि बेच्न जाँदा सबै तरकारी बिग्रन आँटिसकेको रहेछ तर पनि बिन्ती गरेर उसले तरकारी किन्न बाध्य बनाई । किन्न लगाई छोडी । र, ती ग्राहकहरुले भोलिबाट राम्रो राम्रो तरकारी ल्याउनु है ? हामी यहि आउँछौ तरकारी किन्नु ल नानु भन्दै सबैले किनेछन् ।

‘भोलिबाट हामी मैयाँकहाँ तरकारी किन्न जादैँनौ, यहीँ आउँछौ ल’ भनी एकजनाले भनेछन् । त्यतिकैमा ‘मैयालाई चिन्नु हुन्छ’ भन्दै सानी तरकारीवालीले सोधिछ्न् । र, ‘उम्म ! चिन्छौ’ भन्दै हिँड्न लागेको मात्रै के थिए, सानी नानीले ‘म उही मैयाकी छोरी हुँ, मेरी आमा सारै बिरामी हुनुहुन्छ । त्यसैले म यहाँ तरकारी बेच्न आएको हो । मेरो आमालाई उपचार गर्न र दवाई खुवाउनको लागि मैले धेरै पैसा कमाउनु छ आन्टी’ भनिछन् ।

सानी चम्पाको कुराले केही भावुक हुँदै सबै छिमेकीहरुले उसलाई सहयोग गरी मैयाँको उपचार गराई चम्पालाई पुनः ममतामयी आमा दिई पुन्यको काम गरेछन् ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button