
एकफेर इन्द्रधनुषीलाई साेधिहेर, तिम्राे बदलिने रङ कस्ताे हुन्छ ?
कविता: पराकम्प
डा. विदुर चालिसे
सपनाकाे साैन्दर्यले चुटेका,
जुरूकजुरूक अनन्त मातहरू
एकपटक बादलसँगै हराउ तिम्रा
जपनीका रूद्राक्ष मालाहरू ।
भिक्षुका सदाबहार शालिनतामा
उपहारका वस्त्रहरू लट्किरहन्छन्
शाैम्यताले प्रकाशहरूसँग ।
जब पहाडी तुँवालाेहरू ढाकिन्छन्
यादहरू भेटेर जान्छन्, त्यसै
कलिलाे मुटु रेटेर जान्छन्, यसै ।
आगाे पनि पानी बनिदिन्छ हरपल,
सर्माएर पानी पनि हुन्छ आगाे हरक्षण ।
चुँडिएका तानाहरूलाई तान
फुस्किएका बन्धन पनि बाँध
रेटिएका मुटुहरू पनि जाग्छन् त्यसै
छाेपिएका तलाक पनि भाग्छन्, यसै ।
भट्टामा ओइरिएकाे ज्वालासँगै
एक कलि, अनेक अकलिहरू पनि
सेकाउँछन् छाेयलाका मसलाहरू ।
तिमी हावामा उड या उडाउ सगरमा
सागर फैलिरहेछ आफ्नै धुनमा
समयकाे गतिसँगै बुध्दत्व प्राप्त गर्न ।
चाेटकाे चाबुकले
रन्थनिएका तिम्रा ओठहरू
निलगिरी झैं छन्, प्रभावमा
रक्तिम छन्, युध्दका अवशेषहरू
एकफेर इन्द्रधनुषीलाई साेधिहेर
तिम्राे बदलिने रङ कस्ताे हुन्छ ?
