तिमी छ्यौ र म छु

कविता

योगेन्द्र तिमिल्सिना

उराठलाग्दो हुस्सु कुदेको कुदै छ पहाडी श्रृँखलामा ।
न घाम छ न पानी, बादल छ अनि शीत छ,
तिमी छ्यौ र म छु अलि तल गोरेटोमा ।
पछि पछि म छु, तिमी पर घुम्तीमा,
फर्केर हेरी दिए हुन्थ्यो भन्दा भन्दै तिमीले नेटो काट्यौ,
भेटुँ, भेटुँ भन्दाभन्दै तिमी कतै हरायौ !
बाटो त सुनसान छ, न तिमी छ्यौ न अरु कोही ।
तिमी डाँडापारी ओह्रालो लाग्यौ कि,
अथवा वारी नै कतै लुकी बस्यौ ?
कतै तिमीले मलाई देखी सक्यौ कि !
तिमी कलकल बग्ने पानी हौ,
म त काकाकुल ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button