
समृद्ध नेपाल, सुखी नेपाली
रसना ढकाल
समृद्ध नेपाल, सुखी नेपाली, समृद्ध नेपाल सुखी नेपाली
राष्ट्रको नारा सार्थक तुल्याउने हाम्रै हो जिम्मेवारी …२
राजनीतिक नारा होइन यो देशले मागेको नारा हो
देश बनाउने सबै नेपालीको अभिभारा हो ।
देशलाई गाली गरेर कहि सम्मान पाउँदैनौ
आफनो देशभन्दा प्यारो अन्त पाउँदैनौ
सन्तुष्टि र चाहना आफ्नै देशमा पाइन्छ
आफनो जन्मभूमि जस्तो ठाउँ कहाँ अन्त पाइन्छ ?
कोहिको जात, धर्म, वर्ग पार्टी केहि नहेरौ
हामीलाई चाहिएको शान्ति ल्याउन सबैले कर्म गरौ
पसिना नबगाए कोहिले दिने वाला छैन
आफ्नो राष्ट्र आफुले बनाउने हो, विदेशीले होइन ।

रगत धेरै दिइ सकेउ, अब दिउ पसिना …२
मेचि देखि कालीसम्म हाम्रै सिमाना …२
कोहि बोल्छन् मैथली कोहि बोल्छन भोजपुरी
अनेकतामा एकता हाम्रो देश भरी …२
जनकपुर नगरी पवित्र धाम हो
जन्मे यहि गौतमबुद्ध हाम्रो शान हो ।
खोला लामो कर्णाली मान्छे हामी नेपाली
देशको माया मुरी मुरी यो छाती भरी
हिमालको काखमा बसेको हाम्रो नेपाल
सबै मिली कर्म गरौ हुन्छौ सफल
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)