श्राप होइन, प्रेम बरदान हो

मातृका भण्डारी ‘मुना’

विश्वास गरेका प्रियजनहरुबाट
धोका भएपछि
मान्छेको चित्त दुख्दोरहेछ ।

मान्छेको चित्त दुखेपछि
बिस्तारै बिस्तारै
मन टाढिंदै टाढिँदै जाँदो रहेछ ।

निर्दोष मन टाढिएपछि
असम्भव पनि
सहजै सम्भव हुँदोरहेछ ।

टुट्ने फुट्ने आदि ईत्यादि छुट्ने
र, मिठो लागेर खाइरहेको चीज
नमिठो र टर्रो हुने ।

त्यहाँ आफ्नै रगतको सम्बन्ध किन नहोस्,
त्यो सबै बिरानो हुँदै हुँदै
पर पर जाँदो रहेछ ।

Ad

हुनत यो संसारै स्वर्थै स्वार्थले भरिएको
झुटो छैन भन्दिनँ म
तर यो ब्रह्माण्ड माया नै मायामा अडिएको
शतप्रतिसत सत्य हो
होइन, म कसरी भनौं ?
योचाहिँ यथार्थ हो
नहिचकिचाई भन्न चाहन्छु
आखिर मरिलानु के नै रछ र यहाँ ?

जीवनको यात्रामा ज्यान थाकेर
लखतरान भए पनि श्रद्धा गर्ने
र, माया बोक्ने मन
कहिले पनि
कसैको नथाकोस् ।

यो एउटा मभित्रको सोच
र, न्यानो आभास मात्र हो
व्यर्थै तर्क वितर्क गरेर समय
खेर नफाल्नु होला ।

मनको भाव र विचार रोकेर रोकिन्न
छेकेर छेकिन्न
तसर्थ शुद्ध भावलाई मात्र आफुभित्र स्थान देऊ
नत्र जे गलत सोच्छौँ
त्यसैले पुर्णता पाउनेछ ।

बाटो पैल्याएर यात्रा गर्ने गरौं
नत्र दलदलमा भासिने छौँ ।

बुझ्नेलाई प्रेम अमृत हो
पिउन नजान्दा
सर्किएर चुट्किमै
हामी मासिने छौँ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button