
टोपी लगाएर टिकटक बनाउने रे
लघुकथा: भोक
गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
‘हजुरबा ! ल लिनुहोस्, हजुरलाई नि एउटा टोपी, आशाले ७२ वर्षीय शेरबहादुरको हातमा ढाकाको टोपी थमाइदिई ।
‘यो टोपी केको लागि नानी ?’
‘आज टोपी दिवस रे नि त बा । केटाकेटीहरु टोपी लगाएर टिकटक बनाउने रे । तपाईंको नि बनाइदिने रे’, नातिनीले जवाफ नै नदिई बुहारीले बोलेको सुनेपछि उनलाई जङ चलेर आयो ।
‘आफूलाई यो जाडो छल्न एउटा गतिलो काने टोपी चाहिएको कुरा मंसिर नलाग्दै भनेको, कसैले कानमा तेल हालेनन् । देशको माया दुनियाँलाई किन देखाउनुपर्यो र ! भोजन दिनेले भोकको प्रकार पो बुझ्नुपर्यो त !’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
