नारीलाई बन्धन धेरै छन्, कसले सुन्ला रोदन धेरै छन्

गजल

बालकुमारी घिमिरे
नामसालिंग, इलाम (श्रोत: परिश्रमी पाठशाला)

नारीलाई बन्धन धेरै छन्
कसले सुन्ला रोदन धेरै छन् ।

सुन्ने चाह भए तिम्रा मनले
पाखाका पनि गन्थन धेरै छन् ।

चम्काऊँ यो देश म अब कसरी ?
कामै नदिने मञ्जन धेरै छन् ।

अहँ! देख्दैनन् जनताका पीडा
हर्दम यिनका गनगन धेरै छन् ।

गर्छु भनेका कामै हुँदैनन् हजुर !
यो दुनियाँमा अड्चन धेरै छन् ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button