
… अनि गुलाब त्यसैत्यसै गुलाबी हुँदै गो
कविताः प्रेम दिवस
मञ्जु घिमिरे दाहाल
विराटनगर
म प्रेमको परिभाषा खोज्दै
जब प्रेम दिवसको खोजीमा हिडेँ,
अनि सम्झेँ,
पहिलो पल्ट कसैलाई प्रेम गर्नुछ
मन प्रफुलित भयो १
के हो प्रेम ?
कस्तो छ यसको रुप ?
देखे हातमा रातो गुलाफको थुङ्गा,
अनि एउटा प्रेमिल मुस्कानकी प्रतिबिम्ब
यिनै थिइन् मेरी प्रेम गन्तब्य ।
मेरो सामु प्रेम मस्कुरायो,
अनि गुलाबले शीर निहुरायो
मैले हात बढाउँ,
अलिकति उनले बढाइन्,
मुटु दुवैको एकै पटक ढुकढुकियो
अनि गुलाब त्यसैत्यसै गुलाबी हुँदै गो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
