मैले बल्ल आज तलाईं चिनेँ

पेशल आचार्यका सात छोक


उचाइ

ऊ धरहरा चढ्यो
र आफू चढेको भ¥याङ्
तलै झारिदियो
विपक्षीहरू हेरेको हेरेई भए !


शैली

विरोधीहरूले
उसलाई तथानाम गाली गरे
ढुङ्गा हाने
जवाफमा
उसले विरोधीले हानेका
सप्पै ढुङ्गाको सिँढी बनाएर
फेरि पनि अझ माथि पुग्यो ।


शिक्षा

असी काटेका बाबुले
साठी कटेको
छोरोलाई
अमिलो मुख पारेर भने
‘मैले बल्ल आज तलाईं चिनेँ !’


सीप

बेरोजगार छोरो
काम नपाई घर बस्छ
उत वृद्ध बाबुलाई
प्रौढ कक्षा पढ्न बोलाइन्छ !


अवस्था

उर्वरशील खेतबारी बाँझैँ राखेर
राष्ट्रिय गीतगाउँदै
मेरो देशका लाखौं युवाहरू
आफू भेडो बनेर
अबरमा
भेडा चराइरहेछन् ।


दृष्टि

जूनको उज्यालोमा
उसलाई देखेँ
ऊ त सर्वाङ्ग नाङ्गी रहिछे !


जिज्ञासा

पढेर
रूख चढेर
र बाटो हिँडेर
एउटा मानिसले
जीवनमा कहिले सक्छ हँ ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button