
वाह ! क्या मान्छे उनी
कविता
शारदा पान्डे
उसको मनमा अक्सर डर लुकेको हुन्छ
तर अझै पनि उनी उठ्छिन्
र, संसार जित्ने प्रयास गर्छिन् ।
उनले देखाउन सक्छिन् कि
सबै कुरा उनको नियन्त्रणमा छ
तर भित्रभित्रै प्रेमको लागि प्रयास गर्छिन् ।
उनी बत्तीजस्तै मुस्कुराउँछिन्
तर उनको मनभित्र अन्धकार छ
र, पनि उठ्छिन् र आफ्नो र संसारको लागि मुस्कुराउँछिन् ।
उनको मन भित्रबाट भाचिँएको हुन सक्छ
तर उनले सबैलाई देखाउने छिन् कि
उनी एकदम ठिक छिन् ।
उनको मनभित्र अधुरा सपनाहरु धेरै छन्
तर पनि उनी आफ्नो संसारमा
अरुको सपना पुरा गर्न उठ्छिन् ।
उनी प्राय आफ्ना नजिकका र
प्रियजनहरुबाट दुखित हुन्छिन्
तर पनि उनी उठ्छिन्
र तिनीहरुको टुक्रिएको मनलाई मिलाउँछिन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
