पुस्तकमा महिला आन्दोलन
कमल ढकाल
भाषाको आफ्नै प्रभाव हुन्छ । जसले नराम्रो भाषा बोल्छ, उसले मीठो मह पनि बेच्न सक्दनै । जसको मीठो भाषा छ, उसले पिरो खुसार्नी होस् वा अमिलो वा टर्रो चीजहरु पनि मज्जाले बेच्न सक्छ ।
ससांरमा जसले जे भाषा बाले पनि त्यो भाषा सिकाउने आमाले हो । जिन्दगी सुन्दर त्योसँग हुन्छ, जोसँग आमा हुन्छिन् । आमाको बारेमा संसारभरका धेरैले धेरै लेखेका छन् तर तिनै आमा वा नारी वा महिलाको इतिहासलाई नजरअन्दाज गरिएको छ, जनु गर्नै नमिल्ने कुरा हो । हो, यही नमिल्ने कुरालाई लिखितरुपमै चिनाउन ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन : एक शताब्दी’ पुस्तक आएको छ ।
जसले जे–जहाँ भने पनि, संसारमै महिलालाई गर्न गाह्रो छ । शारीरिकरुपमै पनि पुरुषलाई सामान्य औंँला काटरे रगत मात्र आउँदा ऊ बिरामी मानिन्छ । त्यस्तो बेला कसलै केही भने झनक्क हुने पुरुष हामीले अनगिन्ती दखेका छौँ । महिलाको त बेला–बेलामा रिसाउने हर्मन नै शरीरमा आउँछ । जस्तो कि महिनावारी अनि सुत्केरी हुँदा नयाँ हमर्न आउछँ र रिस एवम् दिक्दारी लाग्न हुन्छ । अनि रगत त महिलाको शरीरमा पुरुषको तुलनामा कति बग्छ–बग्छ, यो कुरै गर्न पर्दैन ।
यी सबै कुरालाई थिचेर महिलाहरु अगाडि बढ्नुपर्दछ तर पनि इतिहासले महिलालाई झुकाउने काम गरेको छ । सकेसम्म मेटाउने काम गरेको छ । महिलाका यी महानतालाई कमजोरीको रुपमा लिएर नै होला, बराबरको हक भनिन्छ तर महिलाहरुले पाएका छनैन् । संसारभर अनेकांै प्रकारका लडाईं भए महिला मुिक्तका लागि तर पनि भने–साचेजस्तो महिलाको लागि भैरहेको छैन । यही सन्दर्भमा महिला सुरक्षा दबाब समुहले यो पुस्तक अगाडि ल्याएको छ ।
ऐतिहासिक महिलाहरुले नेपालको महिला आन्दोलनमा ऐतिहासिक काम गरेका छन् । प्रारम्भदेखि राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक, महिला अधिकारको लागि कस–कसले के के काम गरे ? अनि संविधानमा ती कुरा समेट्न के कस्ता लडाइँ भए ? यी र यस्ता धेरै कुरा समेटिएको यो पुस्तकको आफ्नै गरिमा छ ।
नालापानी होस् वा माओवादी द्धन्द, युद्धमा समेत नेपाली महिलाको भूमिका गज्जबकै रहेको छ । तर, जब युद्ध सकिन्छ, महिलाको भूमिका पनि सकिएजस्तै हुने र निर्णायक तहमा महिलालाई पु¥याउन आनाकानी गर्नेविरुद्ध यो पुस्तकले आवाज बुलन्द गरेको छ ।
पुस्तकमा नदेखेका, नसुनेका, नभनेका कुराहरु आएका छन् । हरेकको आफ्नो अनुभवले पुस्तक सुन्दर र सुगन्धित बनेको छ ।
हामी हरेक बिहान बाहिर निक्लिई गहिरिएर हेरौं त, रुखका पातहरुको रङग् हरेक दिन परिवर्तन भइरहेको हुन्छ । हरेक हरियो पात उस्तै लागे पनि फरक हुन्छ तर सुन्दर हुन्छ । रुखको पातमा आएको हरियो रङ्गको फरकपनजस्तै मान्छेको जीवनमा परिवर्तन भएको परिस्थिति अर्थपूर्ण हुन्छ । जसरी रुखको पातको हरियो परख गर्न स्पष्ट दृष्टिकोणको जरुरी हुन्छ, त्यसै गरी मान्छेको जीवनमा आएको परिस्थितिको परिवर्तन हेर्न पनि स्पस्ट दृष्टिकोणको जरुरी हुन्छ ।
पुस्तकले नेपाली महिला आन्दोलनलाई हेर्न स्पस्ट दृष्टिकोण राखेको छ ।
…
(प्रिय साथी !
तपाईं पनि ढकालजीले जस्तै पुस्तक टिप्पणी, समालोचना, पुस्तक अंश र पुस्तकबारे आफ्ना अनुभव र अनुभुति नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनुस् । अक्षरको यात्रामा हामी सँगै छौं । सम्पादक, नेपालनाम्चा ।)