ध्रुव सापकोटालाई ‘जगदीश घिमिरे स्मृति सम्मान’

आख्यानकार ध्रुव सापकोटालाई ‘जगदीश घिमिरे स्मृति सम्मान-२०७८’ बाट सम्मान गरिने भएको छ । साहित्यकार तथा विकास व्यक्तित्व घिमिरको आठौं स्मृति दिवसको अवसरमा आयोजना हुने स्मृतिसभामा सो सम्मान दिइने जगदीश घिमिरे प्रतिष्ठानका नगेन्द्रराज शर्माले जानकारी दिए । यसअघि डा. सन्दुक रुइत, रोचक घिमिरे, मनु ब्राजाकी सम्मानित भएका थिए । साथै ‘रामेछापको विकासमा साहित्यकार जगदीश घिमिरेको योगदान’ शीर्षकमा निबन्ध प्रतियोगिता पनि हुने प्रतिष्ठानले जनाएको छ । रामेछापका विभिन्न विद्यालयहरुबाट छनोट भएका सो शिर्षकका निबन्धहरु मन्थलीमा वाचन हुने जगदीश पुत्र हिमालले जानकारी दिए ।

क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आत्मवृतान्त ‘अन्तर्मनको यात्रा’बाट ख्यातिको शिखर चुमेका जगदीश लामो समयदेखि सामाजिक कार्यमासमेत संलग्न थिए । रामेछाप, मन्थलीका जगदीशको राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूमा लामो संलग्नता रहेको थियो जसमार्फत उनले रामेछाप जिल्लाको सामुदायिक विकासमा ठूलो सहयोग पुर्याएका छन् । जगदीशमा निहित संवेदनशीलताले उनलाई एक मार्मिक साहित्त्य सर्जक मात्र बनाएन, एक सहृदयी विकास अभियन्ता पनि बनायो । सामाजिक कार्यमा घिमिरेलाई पत्नी दुर्गाले पनि उतिकै साथ दिइन् । घिमिरे दम्पत्तीले तामाकोशी सेवा समिति स्थापना गरेर रामेछाप जिल्लाका गरीब जनताको आर्थिक जीवनस्तर सुधार्न सक्रिय भए ।

पछि जगदीशलाई माइलोमा भन्ने रक्तक्यान्सर भयो । त्यसको उपचारको क्रमका दुःखकष्टको मार्मिक वर्णन घिमिरेको पुस्तक ‘अन्तर्मनको यात्रा’मा पढ्न पाइन्छ । जगदीशले रोगसँग लड्दै जीवनलाई अझ सक्रिय राखे । क्यान्सर भइसकेपछि पनि घिमिरे साहित्यिक सिर्जना र सामाजिक विकास अभियानमा नै यथावत सक्रिय रहे ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button