
जुनकिरी भएँ अन्धकारमा तिमीलाई लोभ्याएर
कविताः जुनकिरी
योगेन्द्र तिमिल्सिना
चर्को रापले जब उम्लियो दूध
पोखियो छताछुल्ल भुइँमा आफ्नो सीमा नाघेर ।
म पनि सीमाहीन भएँं
जब तुफानी आवेगले मलाई रोक्न सकेन ।
म पनि पोखिएछु,
जब आँशु भुइँमा झ-यो आँखाको डिल भत्काएर ।
मायाको स्वच्छ नदी उर्लेर जब धमिलो भो
बर्खे मन जथाभावी बहुलाएर ।
म पनि अँध्यारो छिचोलेर जुनकिरी भएँ,
अन्धकारमा तिमीलाई लोभ्याएर ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
