
आफै खाना पकाउँथे, भित्री वस्त्र समेत धोइदिन्थेँ
कविताः एक पिडित पुरुष
सुशीला नेपाल
बिहे गर्नलाग्दा तिमीले मन पराएनौ अर्कोलाई
प्रस्ताव आयो बिहे गर्न किन हो ख्रै मलाई ।
दिन बित्द्रै गयो तिमीलाई पढाउन भविस्य तिम्रो बनाउन
ठूली भयौ नि आज सबैले चिन्छन् तिमीलाई ।
आज म जोगी भएँ, तिमीलाई जिताउनलाई
हार मैले खाको छुइनँ तिमीलाई खुसी बनाउनलाई ।
दिएकै थिएँ महङ्गा गहना र सारी तिमीलाई
अरु जस्तै रामी्र देखाउनलाई ।
भ्रम मेरै रहेछ टुहुरो म हुँ माया नपाएर रहेछ
तिम्रो साथ २-४ बर्षमै टुटिजान रहेछ
तिम्रो विश्वास गरेँ मेलै धेरै यहाँ आज मलाई रुवाउन पो रहेछ ।

के बिराएछु अकैसँग बिहे फिक्स भएर पनि तिमीलाई स्वीकारेछु
आखिर माया अन्धो हुँदा आजभोलि मनलाई समाल्नै सकेनछु ।
मेरी आमा एक्लो हुँदा पनि तिम्रो भविस्यका लागि सहर पसेछु
उल्टो दशा लगाइदियौ अर्कोसँग मायामा गाँसिएको मैले देखेछु
मैले त्यो पनि स्वीकार गरको थिएँ तिम्रो माया पाउन, आज लाख जन्म लिएछु
मनभित्रको पिडा आज कसलाई सुनाउँ प्रिय, म आफैदेखि हारेछु ।
आफै खाना पकाउँथे, तिम्रा भित्री वस्त्र समेत धोइदिन्थेँ
महल त थिएन तर तिमीलाई रानी बनाएकै थिएँ
पलपल तिम्रो खुसी खोज्न म भौतारिँदै हिँडेको थिएँ ।
अपच हुनथाले चोखो मायाको साइनो यहाँ
जिउदै जलाउन थाले किन आजभोलि केहि नारीले पूरुषलाई यहाँ
आफू ठाउँमा पूगेपछि पैसा कमाउन थालेपछि मन किन बदलिँदैछ यहाँ ?
पुरुष पनि पिडित आजभोलि कस्ले सुन्छ
केहि नारीले गर्दा परिवार नै तहसनहस हुन्छ ।
विश्वास गर्न कठिन हूनथाले सम्बन्ध बचाउनमा
पुरुषलाई पनि पिडा छ, समकालीन समाजमा ।
न्याय महिलालाई मात्र होइन, पुरुषलाई पनि होला
अब समस्या कोट्याउन गहिरिएर हेर्नुपर्ला
डिर्भोसको केशले केहिलाई रुनुपर्ला ।
त्यसैले सम्वन्धमा निखार ल्याउन बेलैमा ध्यान दिनुपर्ला
एकअर्कोको भावनाको कदर सम्मान गर्नु नै पर्ला
कुरा सुनी समस्यालाई समाधान सँगै गर्नुपर्ला ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)