कपूतको पिण्डदान चाहिन्न हामीलाई

लघुकथाः पिण्डदान

रूपा अधिकारी
काठमाडौँ

रमेशको दुई दाजुभाई अंशवन्डा गरी छुटेका थिए । दुई सन्तानले अंश बुझ्ने बेलामा आफुहरुलाई पनि अंगाल्लान् भनी बसेका बुढाबूढ़ी खिसरिक्क परे । बुढेसकालको सहारा नै आफ्नो जिउनी भएपछि बुढाचाहिँले आफ्नो नाउको जिउनी बेचेर बसाई सर्ने निधो गरे ।

‘होइन बुबा, हामीहरु हुँदाहुँदै यसरी जिउनी भाग बेची हाल्न नहुने नि । ल, अब हिँड्नुहोस्, सँगै बसौँ’, दाजुभाईले बाबुआमालाई ललाईफकाई गरे । आलोपालो गरी पाल्ने भनी आमा एउटाले र बाबु अर्कोंले गरी लिएर गए । समय चल्दै थियो । बाबुको नाममा भएको सम्पत्तिको लागि दुई भाई मिली बाबुलाई कुटपिट गरे । बुढेशकालमा छोराहरूको अभद्र ब्यवहारले उनले आत्महत्या गरे । बुढाको मृत्युले बुढीलाई पनि आघात गर्यो । उनलाई पनि हर्ट् अट्याक भयो । बाबुआमाको हत्यारा भनी गाउँ समाजले उनीहरूलाई लाञ्छना लगाई एक्लो बनाई दिए ।

छोराको धर्म निभाउँदै बाबुआमाको काजक्रिया गर्दै थिए । बाबुआमाको आत्मा त्यहाँ आइ बोल्दै थियो, ‘सम्पत्तिको लागि आफ्नो बाबुआमाको हत्या गर्ने तिमीहरुजस्तो कपूत छोराको पिण्डदान चाहिन्न हामीलाई ।’


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button