
जे को लागि मरिहत्ते गर्दथेँ, केही गरे’नि भेटिदैन अहिले
जीवन
पवनकुमार बुढाथेाकी
जस्तो सोच्थे पहिले
त्यहि नै त पाइदैन अहिले
त्यस्तै चाला भइनै रहे
मन बहलाउने कहिले !
अनेक कुरा सोच्दासोच्दै
यहाँ खडा गरायो
धेरै कुरा पूरा भए
थोरै कुरा हरायो !
जे छ आफुसङ्ग अहिले
सोचेकै थिइन कहिले
जे को लागि मरिहत्ते गर्दथेँ
केही गरेनि भेटिदैन अहिले !
यस्तै रहेछ जिन्दगी
जहिले पनि राम्रो
मन सधैं रमिरहे
सफल जीवन हाम्रो !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



