
आज फेरि अचानक ऊ आयो
स्मृति
टंक सुवेदी
ऊ फेरि आयो बिस्तारै बिस्तारै
नजिकै आयो आफ्नै ठानेर
केहि लिएर अपुग भएर आयो
थोरै बाँडेर धेरै लिएर गयो
बिस्मृतिबाट स्मृति लिएर गयो
खिल दियो फूल लिएर गयो
औंसीमा जून लगाउने भन्थ्यो
आकर्षक पूल नबनाई गयो
खेती गरेको भन्दै खेतै लिएर गयो ।
आज फेरि अचानक ऊ आयो
बहना गर्दै सबिस्तार लायो
मनको उपचार भन्दै मुटु नै खायो
दिउसै तारा बनेर फेरि आयो
मरुभूमिमा खेती भन्थ्यो
तिथि मिति र बार गन्थ्यो
मनस्पटल्मा घर बनायो
बिस्तारै आएर थर्काउँदै गयो
यथार्थमामा ऊ लोप भयो
खिल दिएर स्मृति गयो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Nikai artha purna ra marmik…lagyo
Thap yestai lekh ko aasha gachau. Dhanyabad