
स्कुलपछाडि स्कुल र भित्ताको ग्यापममा हामीले ग्याप नै नछोडी बसेको भुल्यौ ?
कविताः भुल्यौ कि ?
पारस धरेल
भुल्यौ कि ?
तोरीबारी डिलमा
तिमी अनि म
तोरीका बाला सँगसँगै झुलेको ।
भुल्यौ कि ?
घाँस काट्न जाँदा
खोरिया भीरमा प्रेम कथा बुनेको ।
भुल्यौ कि ?
स्कुलपछाडि स्कुल र भित्ताको ग्यापममा
हामीले ग्याप नै नछोडी बसेको ।
भुल्यौ कि ?
मेरा यी हातका स्पर्शले
तिम्रा ती शरीरमा विचरण गर्दा
निस्किएका सुस्केरा अनि फुलेका धड्कन ।
भुल्नु नै थियौ, भुल्यौ
साया बनी किन मस्तिष्कमा आइरहन्छौ ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
