
कोसँग नै अब यो मन डुलाउने हो मैले ?
कविता
पवनकुमार बुढाथोकी
तिमी नभएसी कसरी मन फुलाउने हो मैले
ब्यथा आपसमा कोसँग घुलाउने हो मैले ?
तिमी नै मन परेको एकान्त थ्यौ र हौ नै मेरो
अब कहाँ पो गएर यो मन भुलाउने हो मैले ?
तिमी नै त हौ जिन्दगीको मिठो गीत मेरो
अबरुद्द मेरो गला कसरी खुलाउने हो मैले ?

तिमी नै हौ जीवनको प्रीत हौ मन परेकी मेरो
कोसँग नै अब यो मन डुलाउने हो मैले ?
तिमीनै त थ्यौ वसन्त फुल्ने रङ्गित बगैचा मेरो
तिमी नभएसी बगैचामा फूल कसरी फुलाउने हो मैले ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)