
‘शरीर बेचेर के भो ? मन त बेचेकी छैनौ नि !’
कथाः यौवनको भूल
सागर ‘मणि’ थापा
कथा अगाडि बढ्छ एउटा डिस्को रेष्टुराँबाट । बहुरङ्गी लाइटको धिपिकधिपिकले वातावरणलाई मादक बनाइरहेको थियो । त्यसमाथि यौवनोमत्त युवतीको कोमल स्पर्श प्राप्तिका लागि अधबैँसे र पिण्ड खाने उमेरका बूढाहरू समेत रोमान्स गरिरहेका थिए । गाण्डिवले च्यापेकी स्त्रीको नाम थियो लतिका । उमेर २६-२७ वर्ष । गाण्डिवले छोरी भन्न सुहाउने ।
फ्ल्यास ब्याकतिर
घटना त्यस्तै ३-४ वर्षअघिको हो । साँझ खस्नुभन्दा केही अघिको समय । झम्झम् वर्षा भइरहेको थियो । लतिकाले श्वेतवत्र धारण गरेकी थिइन् । ब्यागमा छाता थियो तर ओढिनन् । परिप्लावित छातीका दुई चुचुराले आकार ग्रहण गरेका थिए । पानीको बेइमानी चाला खराब थियो ।
गाण्डिवले कार रोक्यो । लतिका कुदेर आई कारको चालकसँगै बसिन् । मानौँ, गाण्डिव उनको निजी ड्राइभर हो । एकछिन दुवै मौनभाषामै सीमित रहे । पैसा भए सबथोक बिक्छ यहाँ, जन्मदिने आमाबाहेक । गाण्डिवले कारमा राखेको तौलिया दियो । लतिकाले केशको पानी पुछिन् । मिनिस्कर्ट माथि सरेर सेता फिला चम्किरेहका थिए । उनले माया गरिनन् मोतीभैmँ टल्केका पानीका गेडालाई । एक त यौवनको ताप । उसमाथि पानीको वाष्प । उकुसमुकुस भयो गाण्डिवलाई । हात स्टेरिङ र गियरमा । तर आँखा चिल्ला तिघ्रामाथि !
लतिकाले आफ्नो नाम बताइदिइन् । उसले पनि आफ्नो नाम बताइदियो । लतिकाले आफ्नो फ्ल्याटमा आमन्त्रण गरिन् । गेष्ट रुममा बसाइन् । लुगा फेरेर आइन् । झन् सेक्सी देखिइन् । कफी तयार पारिन् । दुवै बसेर कफी पिए । गाण्डिवले कोठाको रौनकलाई निहारिरह्यो । मनमा कुरा खेल्न थालिसकेको थियो । भीआईपी नै ठह¥यायो लतिकालाई ।
गाण्डिवले एक्कासि सोध्यो, ‘मलाई देखाउने वस्तु यत्ति हो त ? हेरूँ न अरू पनि…।’
‘ओहो..हो…! कत्ति चलाख मान्छे ! अर्काको घरमा आएर सित्तैँ अवलोकन गर्न पाइन्छ ? चिडिया घरकोे जनावरका आचीका दुर्गन्ध सुँघ्न त पैसा तिर्नुपर्छ । यो त मेरो मासिक २५ हजार तिर्ने गरेकी फ्ल्याट हो सर । त्यत्तिकै कहाँ हेर्न दिन्छु र ।’
गपैmले ठीक पार्न लागिन् लतिकाले । उनले ‘गाण्डिव सर’ भनेर सम्वोधन गर्न लागिन् । गाण्डिवलाई सुनिरहूँ झैँ लाग्यो । तर वल्र्ड कपको टिकेटभन्दा लतिकाको फिस मिहँगो थयो । गाण्डिव तन्नामा लपेटिएको स्त्रीको हर्मनीय गन्ध सुँघ्न आतुर थियो । अब लतिकाबाट लतू भइन् तिनी । तापक्रमको चुम्बनले बरफ पग्लेर पानी भएजस्तो ।
कफीको चुस्की सकियो । लतिका कप पखाल्न गइन् । गाण्डिव उठेर यसो बेडरुमतिर चियाउन थाल्यो । उसले मोबाइल ब्यांकिङ सेवाबाट रकम ट्रान्सफर नगरी सुखै पाएन । गाण्डिव लतिकाको न्यानो अँगालोको प्रतीक्षामा थियो । तर उनी कता बिलाइन् ? गाण्डिवको मयार्दाको दाम्लो चुँडिएको कारदेखि नै हो । ऊ उठ्यो । लतू फेरि आइपुगिन् । उनले वाचा गरिन्, ‘म यहाँलाई चार दिनपछि भेट्छु । अँ, बरू मलाई यहाँको कार्ड दिनोस् । म पनि मोबाइल नम्बर उपलब्ध गराउँछु ।’
गाण्डिवले कार्ड दियो ।
…
लतिकाको त्यो चार दिने भाकाले डाँडो काट्यो । त्यस्ता चार दिन धेरै गइसकेका थिए । फोन त आलुपेँडा हुन पुग्यो ! उनी सिमकार्डका ससानो पसलै बोकेर हिँड्थिन् । पुरुष फेर्नेलाई सिमकार्ड फेर्नु कत्रो कुरा भयो र ?
एकदिन अचम्मैसँग लतिकासँग जम्काभेट भयो । अगाडि पर्नासाथ बेसरी हपा¥यो, ‘कहाँ मरेकी थियौ यत्तिका दिनसम्म ? तिमीसंँग वचन नामको चीज माखाको पित्तजति पनि रहेनछ हैन ? बेकुप लडकी ।’
लतिकाले स्पष्टीकरण दिन खोजिन्, ‘त्यस्तै काममा फँसकी थिएँ सद्धाम सर…।’
भो त अब ! नामै बिर्सिछन् ! सद्धामसँग पनि उनको बसउठ रहेछ ! उनले लाख पर्ने वचन दिइन्, ‘पर्सि शनिबार बिहान आउनोस् । म ब्रेकफास्ट तयार पारेर बसेकी हुन्छु । अहिले म जान्छु पनि । एउटा सरकारी हस्पिटलमा मेरी फुपूलाई भर्ना गरिराख्या छ ।’
ट्याक्सीमा बस्नै लागेकी थिइन् । गाण्डिवकी छोरी इलूले कडा चेताउनी दिइन्, ‘मेरो बाउलाई समेत फसाइसकिछेस् हैन तैँले ? खबरदार ! घटना धेरै अगाडि नबढाएस् नि लतिका ! भन्, कहिले भेट्ने टाइम दिन्छेस् ?’
लतिका पटक्कै । डराइनन् । ट्याक्सी गुड्यो ।
बिहानैदेखि लतिकाहरू जुवामा मस्त थिए । जमघट गराउने महिलाको नाम आर्या थियो । पति युरोपमा । छोराछोेरीहरू दार्जिलिङ्गतिर अध्ययनरत थिए । आर्यालाई आनन्द थियो । पतिको शिरमा गिर खेल्न पल्केका नारीहरू थिए त्यहाँ ।
तासको खाल जमिरहेकै थियो । रक्सी पनि सुरुप सुरुप पार्दै थिए । कान्छी मेजरनी रिसाइनन् । आर्यातिर व्यङ्ग्यवाण प्रहार गर्छिन्, ‘कसैले घरपालुवा कुत्तासरह बनाएकोसँग मेरो के सरोकार ! कसो ए मोरीहरू ? तिमीहरू पनि केही बोल न । कत्ति तुन्क्याउँछौ बिहानै कुकुरको मुत मात्रै ?’ सबै चिथोरिए ।
तर एक अफिसरकी पत्नीले रक्सीको करामत देखाइदिइन्, ‘बढ्ता बोल्छेस् ? जगल्टामा समातेर पाहा पछारेझैँ पछारिदिन्छु अनि चाल पाउँछेस् !’
कान्छी मेजरनीले तास हापिन् । त्यस्तैमा कलेज पढ्ने ठिटो पिनाक टुप्लुक्क आइपुग्यो । सायद इलूलाई घरमा छाडेर आएको थियो । उसले हपार्दै झगडियाहरूलाई साम्य पा¥यो । आर्या आफ्नो कोठातिर गइन् । पिनाक पछि लाग्यो । ग्वालाले गाई दुहे झैँ आर्यासँग नोट दुहुन कोसिसमा लाग्यो, ‘मामी, मलाई १० हजार देऊ न । प्लिज मामी ।’
उसकी मामीले सीधै भन्दिइन्, ‘मसँग पैसा पनि छैन । बोल्न पनि पर्दैन । मैले ठानेकी थिएँ, तिमी मेरो मात्र मान्छे हौ । तर म भ्रममा पो रहिछु !’ लौ ! मामी त रुन पो थालिन् ! पिनाक गफ हाँक्न बहुतै सिपालु थियो । फकायो, ‘टाट्नामा घाँस खान पाउने गोरुले अर्काको बाली मार्ने सपना देख्छ होला त मामी ? कालले कुतकुत्याएको रहेछ भने मात्र दाम्लो चुँडाएर भाग्छ ! यी जँडैनीका कुरा पत्याउने तिमीले ? ठीकै छ । मलाई कतै नजाऊ भन्छ्यौ भने कलेजसलेज हापिदिन्छु ।’
उसले आर्यालाई अँगालोमा बाँध्यो । म्वाइँ खायो । आर्याले उसको हातैमा थुकिदिइन् । उसले घीन मानेन ! रकम त जसरी पनि झार्नु थियो । अतः ड्यामडुम ढोका थुन्यो । चुकुल लगायो । त्यहााभित्र केके भयो, उनीहरू नै जानून् ।

फेरि लतिका र गाण्डिवको भेट भयो । उनीहरू एउटा होटलभित्र पसे । आज गाण्डिव लगानीको सावाँब्याजै उठाउने मुडमा थियो । कोठामा वेटरले मागअनुसारको चीज पु¥याइदियो । लतिकाले एउटा नोट हातमा थमाइदिइन् । वेटरले आभार प्रकट ग-यो, ‘थ्याङ्क्यु म्याम…।’
तर बाहिर निस्केर नोट खल्तीमा हालेपछि थुक्यो । मन्द स्वरमा अपशब्द प्रहार ग-यो । ढोकामा डबल लक लगाएर गाण्डिव र लतिका रक्सिन थाले । लतिकाको मोबाइल कुरकुरायो । उनले स्वीच अफ गरिदिइन् । नसाले रमरम पारेपछि दार्शनिककी चेली बन्ने दुश्प्रयत्न गर्न थालिन्, ‘हेर गाण्डिव, रहरले कोही पनि नारी कलगर्ल बन्न चाहँदिनँ । मेरो पनि त्यस्तै वाध्यता…!’
‘भो भो । बढ्ता स्वाङ नपार !’ गाण्डिवले टिप्पणी ग-यो, ‘अहिले म मलाम गइरहेको छैन । तसर्थ मलामीको जस्तो वैराग उत्पन्न पनि भएको छैन । आजदेखि तिमी मेरी कान्छी पत्नी भयौ । एउटा अपार्टमेन्टमा फ्ल्याट किनेर राखिदिनेछु । मेरो कम्पनीमा तिमीलाई सुहाउने एक पद खाली छ । म नियुक्त गरूँला ।’ बस्, कुरा सक्कि गो !
पुनः वर्तमानतिर
त, डान्स गर्दागर्दै थाकेर गाण्डिव आराम गरिरहेको थियो । यस्तैमा पिनाकको आगमन भयो । उसको नजरमा लतिका उमङ्गला हो । ऊ त्यस्तो स्वीमिङपुल हो, जहाँ पैसा तिरेपछि पौडिन पाइन्छ । उसले लतिकालाई बाहुपासमा खिच्दै भन्यो, ‘तिमी लतिका भए पनि केही छैन । उमङ्गला भए पनि फरक पर्दैन । तिमी हौ त साझा बसजस्ती । टिकट काटेपछि जुन स्टपबाट पनि चढ्न सकिन्छ । आऊ एकछिन् मोज लुटौँ ।’
‘होशमा आऊ पिनाक ! मैले पुरानो धन्दा छाडिसकेकी छु । अहिले त म गाण्डिव सरको स्टाफको हैसियतले आएकी हुँ । प्लिज, मलाई डिस्टर्ब नगर ।’
अहँ, पिनाकले छाडेन । गाण्डिवले त्यो दृश्यलाई पचाउन सकेन । चुर्रेर गई कठालोमा समात्यो, ‘तैँले के खोजेको ?’
पिनाक व्यङ्ग्यशैलीमा बोल्यो, ‘ओ, आई सी..ई..! हजुरकी लतिका पनि हुन् यिनी ?’
गाण्डिवले पचाउन सकेन । तब त हात हालाहाल भयो । बूढोलाई एक पन्चको बदलामा पाँचको दरले दनक दियो । गाण्डिव रक्तमुछेल भयो । पिनाक बाउन्सरहरूको कब्जामा प¥यो । केही बेरपछि प्रहरीहरू आए । झगडियालाई समातेर लगे ।
अर्को दिन इलू थानामा गइन् । पिनाकलाई भेटिन् । आफ्नो बाबु पिट्नेलाई नम्र भएर सम्झाउने कुरै थिएन । साफसँग झपारिन् । पिनाकको कठालो समाएर गालामा पट्काइदिइन् ! पिनाक बेसरी जाग्योे, ‘तिम्रो बूढो बाउले तरूनी च्यापेर डिस्को नपसेको भए त्यत्रो लफडै किन हुन्थ्यो ! तिमीले त्यो उमङ्गलालाई चिन्न सकेकी रहिनछ्यौ इलू !’
अहँ, इलूले केही सुन्न चाहिनन् । तर पिनाकले अर्को हतियार चलायो । इलूले जग्गुको गर्भ बोकेर गर्भपात गराएकी रहिछन् ! त्यो गोप्य कुरा सामाजभरि पैmलाइदिने चेताउनी दियो उसले । तब त इलू फतक्कै गलिन् ! पिनाकलाई थानाबाट छुटाउन बाबुको सहयोग नमागी सुखै पाइनन् ।
गाण्डिव अस्पतालबाट डिस्चार्ज भयो । उता थानाबाट पिनाक छुट्यो । गाण्डिबलाई जेठी पत्नीले हेरचाह गरिन् । उता लतिकालाई अपार्टमेन्टको बसाइ सकसपूर्ण लाग्दै थियो । किन कि केही दिन अफिस जान गाण्डिवले मनाही गरिदिएको थियो । उनले दुइटी सखीलाई मोबाइलबाट बोलाइन् । ती दुई अधबैँसा ट्याक्सीबाट आए । कोठामा पुगे । आरामदायी सोफामा बसे । एउटीले लतिकाको भाग्यको प्रशंसामा केही शब्द खर्च गरिन्, ‘तेरो त लाइफ बनिहाल्यो नि लतू ! मनकारी करोडपतिले मन परायो ! यत्ति राम्रो र दामी फ्ल्याट किनेर राखेको छ । ल ल मोज गर् !’
लतिकाले निराशाभाव ओकलिन्, ‘खै, के मोज गरेँ र ! घरमा सौता छिन् । समुद्रको किनारामा बस्नेको बास त हो ! कुन दिन सुनामीले बढार्ने हो भन्ने पीर छ सखी हो ।’
‘मर्नु त यसै उसै नै छ नि लतिका !’ अर्कीले टिप्पणी गरिन्, ‘बरू नियमित स्वास्थ्य चेकअप गराएकी छस् कि छैनस् तैँले ?’
किन गराउने ? विलासी रोग लागेको रहेछ भने त्यो चेकअपको मतलब रहन्न । दोस्रीले एउटा कविसँग प्रेम गरेकी थिइन् । उनले सुनाइन्, ‘त्यो सालेको स्वार्थ पूरा भइहाल्यो ! काव्यात्मक शैलीमा भन्ने गथ्र्यो, ‘तिमीले शरीर बेचेर के भो त ? मन त बेचेकी छैनौ नि ! त्यो त मेरो हृदयभित्रै सुरक्षित छ । मैले तिम्रो शरीरसित होइन, चोखो मनसँग लभ ग¥या हँु ।’
हो, यस्तै यस्तै मीठा र गुलिया शब्दले फसाइरह्यो मलाई ! कविता सुनाएर फस्ल्याङ फुस्लुङ पारेर भाग्यो राँ…ले !’
‘ए, त्यस्तो मायाजाली रहेछ त्यो झल्ला कवि !’ लतिकाको मुखबाट आश्चर्यको भावधारा छुट्यो ! उनी उत्सुक हुँदै बोल्छिन्, ‘अनि अरू बता न, केके सपना देखाउँथ्यो त्यो झल्लाले ?’ उनले जानकारी गराइन्— ‘कविताको किताब छपाइदिएँ । कविताहरू राम्रै थिए । प्रकाशक मैँ थिएँ ।’
‘ए, हो ! अनि ?’
‘अनि हुनु के बाँकी थियो र । किताब बेचेर बेसरी दाम कमायो । नाम कमायो । त्यसपछि त हामीजस्ता धन्दावालीको सङ्गत गर्न लाज भइहाल्यो नि सालेगधालाई ! सुन्दैछु कि अहिले बिहे गरेको छ रे । मन्त्रीको पी.ए. भएको छ रे !’
यति भन्दाभन्दै उनको गला बस्यो । अर्कीको पनि कम दर्दनाक कथा थिएन । उनलाई पनि एक मनकारी साहूले कान्छी बनाएको थियो । तर घरमा चाल पाएर परिवारले बेसरी खाँदे । मरी भनेर बागमतीको किनारमा फालिदिए । अस्पतालमा उपचार गराएर प्रहरीले छाडिदिएको थियो ।
ती तीन नगरवधूले केहीबेर कोठालाई मूर्दाघरजस्तो बनाए । तर एकले अर्कीको आँसु पुछेर चित्त बुझाउनुको विकल्प थिएन । लतिका खाजा बनाउने तर्खर गर्न लागेकी थिइन् । अकस्मात इलू ब्वाइप्र्रmेण्ड जग्गुको साथमा एक भ्यान प्रहरी लिएर आइपुगिन् !
इलूले देखाइन्, ‘इन्सपेक्टर दिदी, ऊः त्यही हो बहुनामी…डी !’
ती तीनैजना पक्राउ परे । थानामा पु¥याइए । लौ ! पिनाक पनि पक्राउ परेको रहेछ ! लतिकाले जिज्ञासा पोखिन्, ‘तिमी कसरी र किन यो थानामा ?’
उसले गहभरि आँसु पारेर जवाफ दियो, ‘मेरो बुद्धि भ्रष्ट भयो उमङ्गला ! पाप धुरीबाट करायो ! म चाँडै धनी हुने लोभमा परेको थिएँ । मैले सुनको अण्डा दिने कुखुरीको वध गरिदिएँ उमङ्गला !’
पिनाकले आर्याको हत्या गरिदिएको थियो ! लतिकाले गाण्डिवलाई सम्झिरहेकी थिइन् । सिनेमाको दृश्यांशजस्तो आँखा वरिपरि धेरै दृश्यहरू सलबलाइरहेका थिए । उनको टाउको बेसरी दुखेर आयो । दुई हातले कपाल लुछ्दै बेसरी रुन लागिन् । हो, यौवनको भूल सम्झेर रोइरहिन् । रोइरहिन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)