खुट्टा चिप्लिएर लडे पनि हात टेकेर उठ्न सिकायो

जिन्दगीले सिकायो

सुनिता केसी
बालकोट, भक्तपुर

रित्तो खल्ती भए पनि
मुहारमा हाँसो झिक्न सिकायो
आफ्नाको घोचपेच सहेर पनि
रमाएरै बाँच्न सिकायो ।
कामै आउँदैन जस्तो गरी पर फालिदिँदा
खुट्टा चिप्लिएर लडे पनि
हात टेकेर उठ्न सिकायो ।

Ad

ताजै छ अझै कहिँकतै
काँडा बनी बिझेका घाउहरु
चिसै छन् अझै पनि
रातभरि आँसुले भिजेका सिरानीहरु ।
भनेर पनि कहाँ भनी साध्य छन् र चित्तदुखाइका कहानीहरु
रित्तो खल्ती देखेर बनाएका ती बहानाहरु ।

सकेसम्म झुकेँ सधैं
सम्बन्ध बिग्रेला भन्दै डराई
व्यबहार त आफुलाई जस्तो मिलेको छ त्यस्तै गर्नुपर्ने रहेछ
चाहे त्यो आफ्नो होस् या पराई ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button