आफ्नै पिरले रुनेहरु

कविता

योगेन्द्र तिमिल्सिना

म त आकाशको तारा हुँ
आकाशमै पिलपिल रोई रहुँला ।
कसलाई भनुँ मेरो मुटुमा चोट लागेको छ भनेर
जति चोट लागेपनि सधैं सधैं सही रहुँला ।

तिमी गुलाफको फूल हौ
धरतीमै मुस्कुराई रहन्छ्यौ ।
आफ्नै पीरले रुनेहरुलाई छाडी देउ अब
किन पच्छ्याई रहन्छ्यौ ।

रुन पनि त मैले रात पर्खनु पर्ने हुन्छ
मुस्कुराउन त तिमीलाई मेरा आँसु भए पुग्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button