
भुलिस् कि क्या हो ! समाज मैले बनाएको कहाँ हो र ?
रन्जना कार्की
ए जिन्दगी
तैंले सिकाएको पाठ कम छ र !
तैपनि किन सबै सबै
शिक्षक बनेर ज्ञान बाड्न आउँछन् ?
सुख, शान्ति र भरोसा छाडेर
तुफानको भुमरी लिइ
आतुर भै म कहाँ किन धाउँछन् ?
तलाईं मैले त बदल्न सकेको छैन
सुन्दैनस् पटक्कै मरे तँ !
खै के गुनासो पोखौं र तलाई ?
भुलिस् कि क्या हो !
समाज मैले बनाएको कहाँ हो र ?
समाजले बनाएको हो नि मलाई ।

ए जिन्दगी
म सरल भएर जिउन चाहन्छु
जस्तो निश्चल भएर आएको थिएँ नि
त्यस्तै धाम जाने ईच्छा नमार न मेरो
मलाई कुन्ठा छलकपट नसिका न ।
जे दिइस यहि छाडेर नै जान्छु
सत्कर्म गर्ने इच्छा त नमार न मेरो
ए जिन्दगी बिन्ति नमार न मेरो
ए तैंले पढाएको पाठ काफी छ
नपठा न गुरुहरु जीवन पढाउन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)